टेलिकमका रिचार्ज कार्डमा आधा मात्रै पिन नंम्बर

Yugnepal     857 पटक पढिएको    

टेलिकमका रिचार्ज कार्डमा आधा मात्रै पिन नंम्बर

टेलिकमका रिचार्ज कार्डमा आधा मात्रै पिन नं

    डोटी, १५ फागुन 
नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइलका रिर्चाज कार्डका पिन नम्बर आधामात्रै भएपछि सेवाग्राही मर्कामा परेका छन् । 

    डोटीमा बिक्री वितरण भइरहेका कयौँ रिचार्ड कार्डमा आधामात्रै पिन नम्बर र बिना सिरियल नम्बरका रिचार्ज भेटिएका हुन् । बजारमा बिना सिरियल नम्बर र आधामात्रै पिन नम्बरका कार्ड फेला परेको गुनासो आएपछि नेपाल टेलिकम दिपायल राजपुरका प्राविधिक प्रकाश चौधरीले त्यस्ता कार्ड टेलिकममा बुझाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “के कति कारणले बजारमा त्यस्ता कार्ड गए, हामी छानबिन गछौँ, हामीलाई बुझाउनुहोस् ।”

    बजारमा भेटिएका ती कार्डको कलरसमेत फरक भएको, रिचार्ज गर्ने पिन नम्बर नछोएिको र आधा मात्रै भएको भेटिएको दिपायलका स्थानीय व्यापारी सर्वजित देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “रिचार्ज कार्डको कलर नै फरक छ, पिन नम्बर पनि आधा मात्रै भएको र नछोपिएको छ ।” बजारमा अहिले भेटिएका ती रिचार्जकार्ड नक्कली भएको हुनसक्ने कतिपय स्थानीयको आशका रहेको छ । यहाँका रिचार्ज बिक्री वितरण गर्ने डिलरबाट ग्राहकले किनेका त्यस्ता कार्ड धमाधम फिर्ता हुन थालेको किरण इलेक्ट्रोनिकका प्रोपाइटर किरण भण्डारीले बताउनुभयो । 

    डोटीमा रु ५० का रिचार्ज कार्डमा आधा मात्रै पिननम्बर र बिना सिरियलका भेटिएका हुन् । यस्ता कार्ड बजारमा कति छन् भन्ने तथ्याङ्क सङ्कलन गरी कहाँबाट आएका हुन उक्त डिलरलाई सोधपुछ गरिने नेपाल टेलिकम दिपायल राजपुरले जनाएको छ । 
 



बुधबार १५, फागुन २०७५ ०३:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal