अदुवाको मुल्य तेब्बर भएपछि पूर्वी पहाडी जिल्लाका कृषक उत्साहित

Yugnepal     1017 पटक पढिएको    

अदुवाको मुल्य तेब्बर भएपछि पूर्वी पहाडी जिल्लाका कृषक उत्साहित

पाँचथर। गतवर्षको तुलनामा अदुवाको मुल्य यसवर्ष तीन गुणाले बृद्धि भएपछि पूर्वी पहाडी जिल्लाका कृषकहरु उत्साहित भएका छन् । गत वर्ष दुई हजार रुपैँया प्रतिमनमा विक्री भएको अदुवा यसवर्ष सात हजार पाँच सय रुपैया प्रतिमनमा विक्री हुन थालेपछि कृषकहरु उत्साहित भएका हुन् ।

अदुवाको भाउ वृद्धि भएसँगै किसान भने उत्साहित भएका छन्। अदुवाको माउ बेच्ने समय सुरु भए सँगै अदुवा व्यापारीहरु अहिले कृषकका घरघरमा पुग्ने गरेका छन् । फागुन र चैतमामा रोपिएको अदुवाको माउ निकाल्ने समय भएपछि अदुवाको खरिदका लागि व्यापारीहरु कृषकहरुको घर–घरमा पुगेका हुन् ।

गत वर्ष भन्दा यस वर्ष अदुवाको भाउ वढेपछि आफूहरु उत्साहित भएको मिक्लाजुङ गाउँपालिका २ का कृषक खगेन्द्र वस्नेतले बताए।

पूर्वी पहाडि जिल्लामा उत्पादित अदुवाको मुख्य वजार भारत हो। यहाँ उत्पादन भएका अदुवा ९० प्रतिशत झापाको काकडिभिट्टा नाका हुदैं भारत निर्यात हुने गर्दछ । भने १० प्रतिशत बंगलादेशमा निर्यात हुदैं आएको छ ।

जिल्लाको कुम्मायक र हिलिहाङ गाउँपालिकामा अदुवा उत्पादनको पकेट क्षेत्र मानिन्छ । जिल्लामा ९ सय ४५ हेक्टर जमिनमा अदुवा खेति गरिने तथ्याङक छ । अघिल्लो वर्ष पाँचथर ७ हजार ५ सय ६० मेट्रिकटन अदुवा उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विस्टले बताए।
 



बुधबार १५, साउन २०७६ ११:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal