विवादित बन्यो बगथला–सुदाडा–भामचौर सडकखण्ड स् रकम अनियमितता गरेको आरोप

Yugnepal     785 पटक पढिएको    

विवादित बन्यो बगथला–सुदाडा–भामचौर सडकखण्ड स् रकम अनियमितता गरेको आरोप

बझाङ,  । केदार स्युँ गाँउपालिका–४, ६ र ७ अन्तरगत पर्ने बगथला–सुदाडा–भामचौर सडक खण्डमा आर्थिक अनियमिताता भएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।

२०७१ सालदेखि निर्माण सुरु गरेको यो सडक खण्डमा उपभोक्ता समितिका पदाधिकारीहरुले पैसा हिनामिना गरेको आरोप स्थानीय बासिन्दाले लगाएपछि सडक खण्ड विवादित बनेको हो ।

पुरानो उपभोक्ता समितीका पदाधिकारीहरुले नै सडक कटान गर्दा आर्थिक अनियमितता भएको आरोप लगाएका छन् ।

एकपछि अर्को उपभोक्त समिति गठन
२०७१ सालदेखि २०७४ सालसम्म एउटा उपभोक्त समितिले काम गरेको यो सडक खण्डमा २०७४ साल देखि २०७६ सालसम्म अर्को उपभोक्त समिति गठन गरी सडक कटान गरिएको थियो ।

यो सडक खण्डमा लाखांै रुपैयाँ खर्च गरेको भएपनि सडकको अवस्था भने निकै दर्दनाक रहेको छ । प्राविधिक स्टमेटअनुसार सडक निर्माण नभएको केदारस्यँ गाउँपालिकाका इन्जिनियर ललितबहादुर मल्लले बताए । एकै पटक सबै काम नभए पनि विस्तारै काम सुरु हुने उनको भनाइ छ । साथै उनले स्टमेट अनुसार पुरानो सडक कटान गर्दा र हाल नयाँ समीतीले सडक कटान गर्दा समेत चौडाई पुरा नभएको र साँघुरो सडक भएको दाबी गरे ।

पहिलो उपभोक्ता समितिले सडक कटानका नाममा आर्थिक अनियमितता गरेको यहाँका स्थानीय बासिन्दाहरुले आरोप लगाएका छन् । पहिलो समितिमा सदस्य समेत रहेका चन्द्रोदय उमाविका प्राध्यानाध्यापक जनक धामीले समेत सडक कटानका नाममा आर्थिक अनियमितता भएको बताए ।

उनले भने ‘समितिका पदाधिकारीहरु नै एक आपसमा मिलेका छैनन् ।’ पुरानो समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षले गरेको कामको सार्वजनिक सुनुवाईसम्म नगरेको, स्थानीय बासिन्दाले पटकपटक उक्त सडक खण्डमा भएको खर्चका बारेमा कुरा उठान गर्दा समेत सुने नसुने झै गरेका कारण यहाँका स्थानीय बासिन्दाको आशंका बढ्दै गएको उनको भनाइ छ । यस्तै पुरानो समीतीले यथार्थ प्राविधीक रिपोर्ट, हिसाब दिन नसक्नुले समेत आशंका बढाएको हो ।

पहिलेको समितिले बढी रकममा कम सडक कटान गरेको र अहिलेको नयाँ समितीले बढी सडक कटान गरेकोले पनी प्रष्ट रुपमा पहिलो उपभोक्ता समीतीले सडक कटानका क्रममा आर्थिक अनियमीतता गरेको आशंका बढाएको छ । यसको वास्तविक छानविन हुन आवष्यक रहेको र पुरानो समितिका केही पदाधिकारीहरुले भ्रष्टाचार गरेको आरोप केदार निमाविका प्रअ वीरबहादुर गुर्धामीले लगाए ।

‘पुरानो सडक कटानका क्रममा अनियमितता भएको छ ।’ उनले भने ‘अरु रकमको कुरा नगरे पनि ४८ लाखमा झण्डै २०० मटिर मात्रै सडक कटान गरिएको छ । त्यो पनि १३ लाख रुपैया स्काईभेटर चालकको तिर्न बाँकी भनिएको छ । सडक कटान गर्दा न चट्टान लागेको छ । सबै माटो नै माटो भएको ठाँउमा सडक कटान गरिएको छ । अहिलेको नयाँ उपभोक्ता समितिले ३३ लाख मा १४ सय मिटर र ३९ लाख मा २८ सय मिटर सडक कटान गरिएको प्रष्ट देख्न सकिन्छ । यस बाट समेत प्रष्टै थाहा हुन्छ की पुरानो समीतीले आर्थिक अनियमितता गरेको हुन सक्छ ।’ यसको वास्तविक छानविन हुनु पर्ने उनको भनाइ छ ।

यता केदार स्यँ गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष करसिंह धामीले समेत पुरोनो समितिले आर्थिक अनियमितता गरेको बताए । जति रमक आएको थियो सो सकम अनुसार पुरानो समितिले काम देखाउन नसकेको कारणले विवाद आएको र त्यसैमा पनि थप १३ लाख रुपैयाँ अधारो भएपछि पुरानो समिति विवादमा आएको अध्यक्ष धामीले बताए ।

यस विषयमा आफूहरुले समेत पुरानो समितिसंग पटकपटक बसेर हिसाबकिताब गर्न खोज्दा समितिका पदाधिकारीहरुले नै चासो नदीने गरेको उनको भनाइ छ ।

यसरी बाहिर आयो अनियमितताको कुरा‘
१३ लाख रुपैयाँ स्काइभेटर चालकको तिर्न बाँकी भएपछि यो कुरा बाहिर आएको हो । उक्त रकम कोले तिर्ने भन्ने विषयमा समेत विवाद चर्कीको छ । पुरानो समितीले नयाँ समितिले उक्त रकम तिर्नुपर्ने बताएका छन् भने नयाँ समितिले सो रकम तिर्न नसक्ने बताएका छन् । यता जनप्रतिनिधिहरुले समेत उक्त रकम कसरी तिर्ने स प्रमाणसहित हुनुपर्ने भने पछि विवाद बल्झिएको हो ।

के भन्छन् उपभोक्त समितिका अध्यक्ष रु
यता नयाँ उपभोक्त समीतीका अध्यक्ष रहेका महेश मल्लले समेत पुरानो समितिले सडक नखन्दै ब्यापक भ्रष्टाचार गरेको आरोप लगाए ।

उक्त कुराको छानविन गरी दोषीलाई कार्वाही गर्नु पर्ने र यदी दोषि नठहरिएमा स्थानीय तह र सबै मिलेर पुरानो समितिको तिर्न बाँकी रकम १३ लाख रुपैयाँ तिर्नु पर्ने बताए । साथै आफ्नो समितिले काम गर्दा ३३ लाख एकपटक र ३९ लाख एकपटक गरी सबै रकम बाट ४२ सय मिटर सडक कटान गरेको बताए । साथै उक्त रमकको सबैका सामु आफूले पारदर्शीता गरेको दाबी उनको छ ।

तर पुरानो समितिका सचिव रविन्द्र मल्लले भने मुखले भ्रष्टाचार गरेको भन्दैमा नहुने भन्दै प्रमाणसहित लिएर आउनु पर्ने बताए । साथै उनले आफूहरुले प्रक्रिया ढंगले गरेका सबै कामका प्रमाणसहित गाउँपालिकामा पेश गरेको दाबी गरे ।

आफूहरुको समितिले काम गर्दा पारदर्शीता ढंगले काम गरेको दाबी उनको छ । बरु उल्टै मल्लले आफूहरुले मानीसहरुबाट काम गराउँदा सोही ठाँउमा नै अहिलेको समितिले स्काइभेटर लगाएर काम गरेको आरोप लगाए । यस विषयमा समेत छानविन हुन पर्ने र पुरानो समितीले गरेको कामका विषयमा समेत छानविन हुन पर्ने उनको भनाइ छ ।

यस विषयमा के भन्छन् जनप्रतिनिधिरु
यता गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक निशा धामीले भने यस सडकको विषयमा न्यायिक समितिमा समेत उजुरी परेका कारण अध्ययन भइरहेको बताइन् । अब दुबै समितिका पदाधिकारीहरुलाई बोलाएर छलफल गर्ने गाउँपालिकाले प्रयास गर्ने उनको भनाइ छ । पुरानो समितिले आर्थिक अनियमितता गरेको भन्दै न्यायिक समितिमा उजुरी परेको उनले बताइन् ।

स्थानीय भन्छन् स् सरोकारवाला निकायको ध्यान जाओस्
यस विषयमा सरोकारवाला निकायको ध्यान जान आवश्यक रहेको यहाँका स्थानीय बासिन्दाको माग छ । तर यो सडक खण्डमा नियमीत रुपमा सवारीका साधन भने अहिले सम्म चल्न सकेका छैनन् । केदार स्युँ गाँउपालिकाको भामचौरसम्म सडक पुग्न अझै समय लाग्ने यहाँका स्थानीय बासिन्दाको भनाइ छ ।

दुई समिति लागेर अहिलेसम्म बागथलादेखि सुदाडाको छिल्लेकसम्म झण्डै ७ किलो मिटर सडक कटान गरिएको छ । यहाँसम्म मात्रै सवारी साधन पुगेका छन् । यो सडक पनि साँघुरो रहेको स्थानीयले बताएका छन् ।

सडकको बजेट
आर्थिक वर्ष २०७२र०७३ मा यो सडक खण्ड निर्माणका लागि भन्दै तत्कालिन भामचौर गाविसबाट ६ लाख २९ हजार, बाँझ गाविसबाट १ लाख ५० हजार, अर्थ मन्त्रालयबाट २० लाख, कृर्षि सडक अन्तरगत तत्कालिन जिल्ला विकास समितिबाट ५ लाख, सडक बोर्डबाट १५ लाख, सांसद विकास कोषबाट २ लाख र सडक बोर्डबाट ७ लाख र आर्थिक वर्ष २०७१÷०७२ मा बचेको रकम ८० हजार गरि जम्मा ५७ लाख ५९ हजार रकम खर्च भएको देखिन्छ ।

यस्तै पुरानो समितिले नै आर्थिक वर्ष ०७३र०७४ मा १२ लाख २० हजार भामचौर गाविसबाट, १ लाख ६० हजार बाँझ गाविसबाट, २० लाख केन्द्रबाट र १५ लाख सडक बोर्डबाट गरि जम्मा ४८ लाख ८० हजार रुपैयाँ बजेट विनीयोजन भएको थियो ।

यस रमकबाट झण्डै २ सय मिटर मात्रै सडक कटान गरेको र त्यसैमा थप १३ लाख रुपैयाँ बजेट तिर्न बाँकी भनेपछि समिति नै विवादमा आएर अर्को समिति गठन गरेको थियो । नयाँ समितिले भने आर्थिक वर्ष २०७४र०७५ मा ३३ लाख र ०७५र०७६ मा ३९ लाख गरि जम्मा ७२ लाख मा झण्डै ४ किलोमटिर सडक कटान गरेको छ ।



बुधबार १५, साउन २०७६ १०:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.