चुहानडाँडाबाट ११ बजे विदाई भएको थियो पर्यटनमन्त्री अधिकारी चढेको हेलिकप्टर

देश

Yugnepal     2079 पटक पढिएको    

चुहानडाँडाबाट ११ बजे विदाई भएको थियो पर्यटनमन्त्री अधिकारी चढेको हेलिकप्टर


काठमाडौं। ताप्लेजुङबाट फर्किने क्रममा पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दूर्घटना भएको छ। आठराई गाउँपालिका प्रमुख मान बहादुर लिम्बूका अनुसार गाउँपालिकाको चुहान डाँडामा हेलिकप्टर दूर्घटना भएको हो। उनी आठराई गाउँपालिकामा बन्न लागेको विमानस्थलको स्थलगत अवलोकन गरी ताप्लेजुङ स्थित पाथीभराको दर्शन गर्न भनी विहान ११ बजे विदा भएका थिए। 

गाउँपालिकाका कार्यकारी अधिकृत राजेन्द्र प्रसाद अधिकारीका अनुसार ११ बजे स्थलगत अध्ययन सकेर सो हेलिकप्टर पाथीभराको लागि हिँडेको थियो । त्यसपछि पाथीभराको फेदीमा दूर्घटना भएको भन्ने वडाध्यक्ष अनिल कङ्दङ्वाले जानकारी दिए । हेलिकप्टरमा पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित ६ जना सवार रहेको डायनोस्टिक एयरले जनाएको छ। जसमा एयर डायनोस्टिकका प्रमुख समेत रहेको बताइएको छ। 

मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दीर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षण गरि ११ बजे खाना खाएर निस्किएको थियो।  दूर्घटनामा मानवीय क्षति भए नभएको जानकारी आउन बाकीँ छ।



बुधबार १५, फागुन २०७५ ०२:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal