कक्षा १२ को नतिजा आज  साँझसम्म  सार्वजनिक  गर्ने तयारी

Yugnepal     779 पटक पढिएको    

कक्षा १२ को नतिजा आज  साँझसम्म  सार्वजनिक  गर्ने तयारी

कक्षा १२ को नतिजा आज  साँझसम्म  सार्वजनिक  गर्ने तयारी

काठमाडौँ, साउन १३ । राष्ट्रिय परीक्षा बोर्डले बैशाखमा संचालित कक्षा १२ को नतिजा आज (सोमबार) साँझसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।
नतिजा प्रकाशनको तयारीमा कुनै प्राविधिक कठिनाई नआए बोर्डको बैठक बसेर प्रकाशितगर्ने सम्भावना रहेको सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

‘लगभग धेरैजसो तयारी पूरा भएको छ, काम गर्दागर्दै कुनै प्राविधिक बाधा अवरोध नभए नतिजा सार्वजनिक गछौं ।’ कक्षा १२ को नजिता प्रकाशित गर्न बोर्डको बैठकसोमबारदिउँसो ४ बजेलाई डाँकिएको सदस्यहरुले बताएका छन् ।

परीक्षामा ४ लाख २८ हजार ५२ जना विद्यार्थी सहभागी छन् । साधारण तथा प्राविधिक विषय समूहका नियमति, ग्रेडवृद्धि र आंशिक परीक्षार्थीको परीक्षा देशभरका १ हजार १ सय ७ परीक्षाकेन्द्रमा भएको थियो ।

मनाङबाट सबैभन्दा थोरै एक सय १० र काठमाडौंबाट एक लाख ३४ हजार एक सय १५ जना विद्यार्थीले परीक्षा दिएका थिए । गतवर्षदेखि सबै संकाय र विषयको रिजल्ट एकैदिन गर्ने गरिएको छ । त्यसअघि विज्ञान संकाय र अन्यको छुट्टाछुट्टै दिनमा नतिजा प्रकाशन हुन्थ्यो । शुदुर खबर बाट साभार । 



सोमबार १३, साउन २०७६ ०३:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal