भेनेजुएलाका विपक्षी नेताका परिवारजनलाई धम्की

परिवारजनलाई सोधपुछ गरेर मानसिक तनाब

Yugnepal     948 पटक पढिएको    

भेनेजुएलाका विपक्षी नेताका परिवारजनलाई धम्की


काराकास, १८ माघ 
एएफपी  भेनेजुएलाका विपक्षी नेता हुवाँ गुएइदोले राष्ट्रपति निकोलास मदुरोप्रति बफादार विशेष प्रहरीले आफ्ना परिवारजनलाई सोधपुछ गरेर मानसिक तनाब दिइरहेको बताउनुभएको छ । 
गत हप्ता आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका ३५ वर्षीय नेता गुइएदोले आफूलाई पनि सुरक्षा चुनौती रहेको बताउनुभयो । 

प्रहरीको विशेष टोलीले विपक्षी नेता गुइएदोको घरमा गएर उहाँकी श्रीमतीसँग सोधीखोजी गरेको बताइएको छ । 

गुइएदोले काराकास विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेकै बेला प्रहरी टोलीले उहाँकी श्रीमती फावियाना रोजालेससँग सोधीखोजी गरेको हो । 

राष्ट्रिय सभाका नेता गुइएदोको घोषणाले राष्ट्रपति मदुरोलाई ठूलो चुनौती भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । 

युरोपेली देशका सांसदहरुले यसअघि नै गुइएदोलाई देशको कार्यबाहक प्रमुखको मान्यता दिँदै अगाडि बढ्न भनेका थिए । चीन, रुस लगायतका देशहरुले भने निकोलासलाई नै मान्यता दिँदै विद्रोही नेता गुएइदोको विपक्षमा उभिएका छन् । 

विदेशी समुदायको समर्थन रहेकाले राष्ट्रपति मदुरोका विरुद्धमा विपक्षीहरुले भेनेजुएलामा देशव्यापी प्रदर्शन गरिरहेका छन् । 

मङ्गलबार मात्रै सर्वोच्च अदालतले गुएइदोलाई देश छाड्न प्रतिबन्ध लगाउँदै सम्पत्ति रोक्का पनि गरिएको जनाएको छ । 



शुक्रबार १८, माघ २०७५ ०३:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal