महिला संघको अध्यक्ष विष्ट नै भएको डडेल्धुरा कांग्रेसको दाबी

Yugnepal     1004 पटक पढिएको    

महिला संघको अध्यक्ष विष्ट नै भएको डडेल्धुरा कांग्रेसको दाबी

 

डडेल्धुरा,  । नेपाली कांग्रेस डडेल्धुराले विधि र विधानद्वारा निर्वाचित भएकाले कमला विष्ट नै नेपाल महिला संघ डडेल्धुराको अध्यक्ष भएको दाबी गरेको छ।

नेपाल महिला संघमा देखिएको विवादका बारेमा कांग्रेस डडेल्धुराले शनिबार एक विज्ञप्ति जारी गदै गर्दै विष्ट नै अध्यक्ष भएको दाबी गरेको हो। कांग्रेस डडेल्धुराले नेपाल महिला संघका केन्द्रिय अध्यक्षले पठाएको परिपत्रप्रति आश्चर्य जनाएको छ।

सामाजिक संञ्जालमा देखिएको विज्ञप्तिले संगठनलाई कमजोर बनाउने, इमान्दार नेता कार्यकर्ताहरुको मनोबल घटाउने र विधि विधानद्वारा निर्वाचित अध्यक्षलाई निलम्बन गर्ने जस्ता क्रियाकलापले सिंगो पार्टीलाई नै नकारात्मक असर पर्ने कांग्रेस डडेल्धुराको भनाइ छ।

नेपाल महिला संघ केन्द्रीय कार्य समितिले अध्यक्ष बिष्टलाई संगठनबाट निष्कासन गरेको थियो। नेपाली कांग्रेसको भ्रातृ संस्था महिला संघले शुक्रबार बिष्टलाई विधानको परिच्छेद ६ को धारा २५ ९३०० अनुसार साधारण सदस्यसमेत नरहने गरी तीन वर्षका लागि निष्कासन गरेको हो। साथै कांग्रेस डडेल्धुराले नेपाल महिला संघ केन्द्रिय कार्यसमितिले अध्यक्ष विष्टलाई निलम्बन गरेको प्रति घोर आपत्ति समेत जनाएको छ।

‘केन्द्रिय कार्य समिति आफैंले कमला विष्ट महिला संघ डडेल्धुराको अध्यक्ष भनि परिपत्र गर्ने र महिला संघका केन्द्रिय नेताहरुको प्रमुख आतिथ्यता तथा कमला विष्टको सभापतित्वमा नेपाली महिला संघका कार्यक्रमहरु सम्पन्न भएका छन् तर प्रेस विज्ञप्तिमा तपाईं अध्यक्ष कसरी हुनु भएको होरु भनि प्रश्न गरिएकाले नेपाली कांग्रेस डडेल्धुरा आश्चर्य चकित भएको छ।’ पार्टी जिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्लद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

कसरी उत्पन्न भयो विवाद
केन्द्रले चौथो जिल्ला अधिवेशन तयारी समितिका लागि कलावती बोहरालाई संयोजक नियुक्त गरेपछि डडेल्धुरामा महिला संघमा विवाद सुरु भएको थियो। केन्द्रले जिम्मेवारी दिएपछि साउन ७ गते पार्टी कार्यालय, डडेल्धरामा बैठक बसाउन खोज्दा उनको समूहमाथि कुटपिट भएको थियो। कुटपिटबाट महिला संघ डडेल्धुराकी नेतृ वसन्ती भण्डारीलगायतका घाइते भएका थिए।

उक्त कुटपिटमा बिष्टको संलग्नता रहेको महिला संघकी अध्यक्ष उमा रेग्मीद्वारा जारी विज्ञप्तिमा दाबी गरिएको थियो । नेपाल महिला संघ केन्द्रीय कार्य समितिले स्वघोषित अवैधानिक अध्यक्ष बनेर जिल्लामा नेपाल महिला संघमा विवाद सिर्जना गरेको विष्टलाई आरोप लगाइएको थियो।

विगत चार वर्षदेखि विवादले घेरिएको महिला संघ विधि विधानअनुसार गठन हुनुपर्ने अधिकांशको मागपछि केन्द्रीय छानविन टोली डडेल्धुरा पुगेको थियो। उक्त टोलीको छानविन पछि परशुराम नगरपालिकाकी उपप्रमुख बोहरालाई संयोजक तोकेको पत्र डडेल्धुरा पुगेको थियो। उक्त पत्र डडेल्धुरा पुगेसँगै कांग्रेस पार्टीभित्र गुटगद विवाद सुरु भएको थियो। उक्त विवाद कुटाकुटमा परिणत भएको थियो।

यसअघि गत असारमा महिला संघको केन्द्रीय समितिले बिष्टको अध्यक्षतामा रहेकोे जिल्ला कार्यसमितिलाई विघटन गरी तत्कालीन उपाध्यक्ष बोहराको संयोजकत्वमा तदर्थ समिति गठन गरेको थियो। केन्द्रले जिल्ला कार्यसमिति विघटन गरेर तदर्थ समिति गठन गरे पनि बिष्ट आफू जिल्ला अध्यक्ष भएको दाबी गर्दै आएकी छिन्। वर्तमान पार्टी सभापति कर्णबहादुर मल्ल पक्ष विष्ट नै अध्यक्ष भएको दाबी थियो भने पूर्व पार्टी सभापति रघुवर भट्ट पक्षको बोहरा नै संयोजक भएको दाबी थियो।

सम्बन्धित समाचार स्

कमला बिष्ट नेपाल महिला संघबाट निष्कासित



आइतबार १२, साउन २०७६ ०३:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.