गुप्तचर संस्था ‘रअ’ का प्रमुखलाई पूर्व राजा ज्ञानेन्द्र शाहले नभेटेको बताए

Yugnepal     703 पटक पढिएको    

गुप्तचर संस्था ‘रअ’ का प्रमुखलाई पूर्व राजा ज्ञानेन्द्र शाहले नभेटेको बताए

 

पूर्व राजा ज्ञानेन्द्र शाहले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखलाई नभेटेको बताएका छन् । पूर्व राजा शाहका सचिव डा। फणिराज पाठकले एक विज्ञप्ति निकाल्दै यस्तो दाबी गरेका हुन् ।

‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट मध्यरातमा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई भेटेको भन्ने केही अनलाईन पत्रिकाहरूमा छापिएका खबर पूर्णतया झूठो भएको जानकारी गराउन चाहन्छु ।’ पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ,

साथै विज्ञप्तिमा यस्ता कपोकल्पित समाचारले राष्ट्रको गरिमा घटाउने र नेपालीको सम्मानमा ठेस लाग्ने उल्लेख छ ।

‘यस्ता कपोलकल्पित, मनगढन्ते र राष्ट्रको गरिमा घटाउने समाचारहरूले नेपाल र नेपालीको गर्व र सम्मानमा ठेस लाग्ने भएकोले यस्ता समाचार सम्प्रेषण गरेर पत्रकारिताको धर्म र समाजप्रतिको दायित्व नबिर्सन अनुरोध गर्दछु,’ पूर्व राजा शाहका तर्फबाट जारी विज्ञप्तिमा उल्लेख छ ।



शुक्रबार १०, साउन २०७६ ०२:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal