इन्टरनेटको मूल्य नबढ्ने, सरकारले दियो सहुलियत

Yugnepal     769 पटक पढिएको    

इन्टरनेटको मूल्य नबढ्ने, सरकारले दियो सहुलियत


  
काठमाडौं, अब इन्टरनेको मूल्य नबढ्ने भएको छ। तारबाट चल्ने इन्टरनेटमा विभिन्न सहुलियत दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेसँगै इन्टरनेटको मूल्य नबढ्ने भएको हो।

मन्त्रिपरिषद्ले दूरसञ्चार नियमावली संसोधन गर्दै मर्मतलगायत खर्चमा सहयोग गर्ने भएपछि इन्टरनेटको मूल्य नबढ्ने भएको इन्टरनेट व्यवसायीले जनाएका छन्। यस अघि उनीहरूले साउन १ देखि मूल्य बढाउने घोषणा गरेका थिए।

सरकारले लगाएको १३ प्रतिशत भ्याटमा सरकारले ५० प्रतिशत र व्यवसायीले ५० प्रतिशत व्योहोर्ने गरी नियमावली संसोधन भएकोले अब इन्टरनेटको शुल्क बृद्धि नहुने इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठनका अध्यक्ष भोजराज भट्टले जानकारी दिए। ‘गत वर्षदेखि अड्किएको नियमावली संसोधन भएको छ, अब इन्टरनेटको मूल्य बढ्दैन,’ अध्यक्ष भट्टले भने।

गत आर्थिक वर्षदेखि इन्टरनेट सेवामा दूरसञ्चार सेवा शुल्क लगाउने सरकारले नियम ल्याएपछि १३ प्रतिशत कर उपभोक्ताको बिलमा थप्ने तयारी सेवा प्रदायकले गरेका थिए।

सरकारले इन्टरनेट जडान गर्दा लाग्ने राउटरलगायतका उपकरण, इन्ट्रानेट–लिज लाइन डाटा कनेक्टिभिटी र मर्मत–सम्भार शुल्कमा दूरसञ्चार सेवा दस्तुर छुट दिने निर्णय गरेको हो।

इन्टरनेट सेवाप्रदायकहरूले उपभोक्ताबाट मर्मतसम्भार शुल्क बापत महिनामा पाँच सय रुपैयाँ बढी लिने गरेका छन्।

त्यस्तै शुरूमा राखिने राउटर तथा लिज शुल्कलाई पनि आयभन्दा फरक राखी दूरसञ्चार सेवा शुल्क लाग्ने गरेको छ।



मङ्गलबार ०७, साउन २०७६ ०५:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal