कोरियाबाट फर्केका नेपालीलाई मन्त्री विष्टको आग्रह(अब सीपलाई स्वदेशमै उपयोग गर्नुस्

Yugnepal     828 पटक पढिएको    

कोरियाबाट फर्केका नेपालीलाई मन्त्री विष्टको आग्रह(अब सीपलाई स्वदेशमै उपयोग गर्नुस्

 

  
काठमाडौं, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले दक्षिण कोरियामा सिकेको सीपलाई नेपालमै प्रयोग गर्न आग्रह गरेका छन्। 

मंगलबार दक्षिण कोरियाबाट फर्केका नेपाली कामदारहरुले आयोगना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै श्रममन्त्री विष्टले कोरियामा सिकेको सीपलाई अब स्वदेशमै केही गरेर प्रयोग गर्न आग्रह गरेका हुन्। उनले अब नेपालमै रोजगारीको अवसर सिर्जना हुने गरी लगानी गर्न पनि आग्रह गरे।

उनले दक्षिण कोरियाबाट फर्केका कामदारहरुको सीप र अनुभवलाई भरपुर उपयोग गरेर मुलुकलाई समृद्ध बनाउन सरकार लागिपर्ने बताए। सरकारी तथ्यांक अनुसार हालसम्म ६३ हजार नेपाली कामदारले दक्षिण कोरियामा रोजगारी पाएका छन्।

मन्त्री विष्टले उनीहरुको ज्ञान, सीप र अनुभवले पनि नेपाललाई समृद्ध बनाउन सघाउन पुर्‍याउने विश्वास व्यक्त गरे।



मङ्गलबार ०७, साउन २०७६ ०५:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal