राप्ती स्वास्थ्य प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

Yugnepal     768 पटक पढिएको    

राप्ती स्वास्थ्य प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

 

  
काठमाडौं,  प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

मंगलबार काठमाडौंमा आयोजित प्रतिष्ठानको तेस्रो सभामा प्रतिष्ठानका कूलपति समेत रहेका प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई राजनीतिक खेल मैदान बनाउने गरिएको उल्लेख गर्दै त्यसमा संलग्न पदाधिकारीमाथि कडा कारबाही गर्ने चेतावनी दिएका हुन्।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानको गैरजिम्मेवार कामको छानविन गर्न गठित समितिले आफूलाई नबुझाएर प्रतिवेदन सञ्चारमाध्यमहरुमा सार्वजनिक गरेकोमा पनि आपत्ति जनाए। 

प्रधानमन्त्री ओलीले आफूलाई नबुझाई सो प्रतिवेदन बाहिर आउनुलाई राजनीतिकरणको संज्ञा दिँदै आफूलाई सैह्य नहुने पनि स्पष्ट पारे। ‘यो छानविन समिति हो कि राजनीतिक रु,’ छानविन समितिप्रति प्रधानमन्त्री ओलीको आक्रोशसहितको प्रश्न थियो।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई तत्काल स्वच्छ र पारदर्शी बनाउन केन्द्रित हुन पनि सम्बन्धित निकायलाई सचेत गराए। उनले सरकार कसैको दाबाब र प्रभावमा नपर्ने भएकाले सोही अनुसार काम गर्न पनि सबैलाई सचेत गराए। 

प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई प्रदेशकै स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको केन्द्रको रुपमा विकास गर्न चाहेकाले सोही अनुसार काम गर्न पनि निर्देशन दिएका थिए।
 



मङ्गलबार ०७, साउन २०७६ ०४:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal