गृहमन्त्री थापाले भने–निर्मला पन्तको घटना अति राजनीतिकरण भएकाले हत्यारा पत्ता लगाउन सकिएन

Yugnepal     737 पटक पढिएको    

गृहमन्त्री थापाले भने–निर्मला पन्तको घटना अति राजनीतिकरण भएकाले हत्यारा पत्ता लगाउन सकिएन

 

  
काठमाडौं,  गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याको घटनालाई धेरै राजनीतिकरण गरिएकाले हत्यारा पत्ता लगाउन नसकिएको बताएका छन्। 

मंगलबार गृह मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले घटनालाई बढी राजनीतिकरण गरिएकाले पनि हत्यारा पत्ता लगाउन प्रहरी सफल नभएको बताएका हुन्। उनले निर्मला हत्या प्रकरणको छानविनको कामलाई भने सरकारले अझै गम्भीरतापूर्वक अघि बढाइरहेको बताए।

‘निर्मलाका हत्यारा पक्राउ गर्न सरकार लागि परेको छ। तर, घटनालाई अति राजनीतिकरण गरिएकाले अनुसन्धान प्रभावित भएको छ,’ गृहमन्त्री थापाले भने। 

बलात्कारका घटनामा नेपाल प्रहरीले ९५ प्रतिशत सफलता हात पारेको तथ्यांक प्रस्तुत गर्दै थापाले निर्मलाको घटना भने अति राजनीतिकरणको शिकार भएको तर्क गरे।
गृहमन्त्री थापाले निर्मला हत्या प्रकरणको छानविनमा सहयोग गर्न पनि सबै पक्षलाई आग्रह गरे। 

फरक प्रसंगमा उनले भ्रष्टाचारमा संलग्न १८ सय ठेकेदारहरुको फाइल कारबाहीका लागि अख्तियारमा बुझाइएको पनि जानकारी दिए। विकास, निर्माणको काममा अनियमितता गर्ने ठेकेदारलाई सरकारले कडा कारबाही गर्ने उनको भनाइ छ।

गृहमन्त्री थापाले सुनसहितको तस्करी नियन्त्रणका लागि सरकारले आवश्यक संयन्त्रको निर्माण गरेको पनि बताएका थिए।
 



मङ्गलबार ०७, साउन २०७६ ०४:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal