देउवा भने सरकार नसच्चिए सडकमा उत्रिन्छौं

युग संवाददाता     1041 पटक पढिएको    

देउवा भने सरकार नसच्चिए सडकमा उत्रिन्छौं

देउवा भन्छन्, सरकार नसच्चिए सडकमा उत्रिन्छौं


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार नसच्चिए सडकमा आफूहरु उत्रने चेतावनी दिएका छन् । सभापति देउवाले ल्याएको विवादित विधेयक फिर्ता नलिएसम्म संसद चल्न नदिने चेतावनी पनि दिएका छन् ।

कांग्रेसको संस्थापक नेता विपी कोइरालाको ३७औं पुण्यतिथिमा सहिद स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई देउवाले सरकार अधिनायकवातर्फ अघि बढेको आरोप पनि लगाए । 

मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धि विधेयक परिमार्जन नगरे संसद बैठक नै अवरुद्ध पार्ने पार्टीको अडान पनि दोहोर्‍याए ।

‘हामीले यसलाई कुनै पनि शर्तमा स्वीकार गर्न सक्दैनौँ, सरकारले विधेयक फिर्ता नगरेसम्म संसद चल्दैन । संसद अवरुद्धबाट  सरकार नसच्चिए सडकमा आफूहरु उत्रने बाध्य हुनेछौं’ उनले भने,‘मिडिया काउन्सिल विद्येयकको नाममा पत्रकारलाई लेख्न तर्साइरहेको सरकार अब टेलिफोनमा पनि रोक्न खोज्दैछ, सरकारको नियत ठिक देखिएन ।’

प्रजातन्त्रको सवालमा कसैसँग कुनै पनि मूल्यमा कांग्रेसले सम्झौता नगर्ने भन्दै देउवाले सरकार प्रजातन्त्र मास्नतर्फ लागेको आरोप लगाए ।

दूरसंचार विद्येयकको बारेमा संचारमाध्यममा आएको समाचार सही भए मुलुककै लागि गम्भीर विषय भएको बताए ।विपीको विकासको सोचका आधारमा देशलाई अघि बढाउन सकिए छोटो समयमा समृद्धि हाँसिल गर्न सकिने उनको तर्क थियो । 

उपसभापति विमलेन्द्र निधिले बिपी कोइरालाले कम्युनिष्टहरुको अधिनायकवादी शासनविरुद्ध प्रजातान्त्रिक समाजवादी विचारधारालाई अघि सारेको बताए । उनले बिपी कोइरालाको समाजवादी विचारधाराकै बाटोबाट मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रलाई अघि बढाउन सकिने पनि स्पष्ट पारे । 



सोमबार ०६, साउन २०७६ ०९:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal