दिगो विकास समितिले वार्षिक कार्ययोजना तयार गर्न उपसमिति बनाउने

Yugnepal     812 पटक पढिएको    

दिगो विकास समितिले वार्षिक कार्ययोजना तयार गर्न उपसमिति बनाउने


 
काठमाडौं,  दिगो विकास तथा सुशासन समितिले वार्षिक कार्ययोजना बनाउन उपसमिति गठन गर्ने भएको छ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा वार्षिक कार्ययोजना बनाउनका लागि उपसमिति गठन गर्ने निर्णय गरेको हो। वार्षिक कार्ययोजनाबारे सदस्यहरुबाट आएका  सुझावका आधारमा समितिको अर्को बैठकमा उपसमिति गठन गरिने जानकारी सभापति तारादेवी भट्टले जानकारी दिइन्। 

उनले गत वर्षका कार्ययोजनाहरुलाई प्राथमिकताका आधारमा समावेश गरिने बताइन्। समितिले दिगो विकास लक्ष र प्राप्त उपलब्धिको अध्ययन, तुलना तथा अन्तर्राष्ट्रिय स्तरमा भएका प्रयास लगायत विषय समावेश हुनेगरी एसडिजी सफ्टवेयर कर्नर सेन्टर निर्माण गर्ने विषयमा पनि छलफल गरेको छ।

समितिले दिगो एवं सन्तुलित विकास र सुशासन प्रवद्र्धन सम्बन्धमा सरकारबाट भएका काम कारवाहीको अध्ययन गर्ने गर्दछ। 



सोमबार ०६, साउन २०७६ ०४:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal