कैलालीमा धारिलो हतियार प्रहार गरी छोराले गरे बुवाको हत्या, आमाको अवस्था गम्भीर

Yugnepal     887 पटक पढिएको    

कैलालीमा धारिलो हतियार प्रहार गरी छोराले गरे बुवाको हत्या, आमाको अवस्था गम्भीर

 

धनगढी,  । कैलालीको घोडाघोडी नगरपालिका(११, सिसैयामा छोराले धारिलो हतियार प्रहार गरी आफ्नै बुवाको हत्या गरेका छन्।

घोडाघोडी नगरपालिका(११ बस्ने ५५ वर्षीय उदे रावतले आइतबार राति हसियाँ प्रहार गर्दा आफ्नै बुवा ७५ वर्षीय काल्चे रावतको मृत्यु भएको हो।

घटनामा मृतक रावतकी श्रीमती नन्दे रावत गम्भीर घाइते भएकी छिन्। उनलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ।

घरयासी झगडामा विवाद उत्पन्न हुँदा छोराले आफ्नै बुवामाथि धारिलो हतियार हसियाँ प्रहार गरेको प्रहरीको भनाइ छ।

हत्या गरि फरार रहेका रावतलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्ष राज जोशीले जानकारी दिए।



सोमबार ०६, साउन २०७६ १०:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal