नेकपाले टुंगो लगायो ७७ जिल्ला र ६ महानगरका इञ्चार्ज

Yugnepal     800 पटक पढिएको    

नेकपाले टुंगो लगायो ७७ जिल्ला र ६ महानगरका इञ्चार्ज


  
काठमाडौं,  नेपाल कम्युनिष्ट पार्टी नेकपा ले ७७ जिल्ला र ६ महानगरपालिकाका इञ्चार्जको टुंगो लगाएको छ। 

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले ६ महानगरपालिका र ७७ जिल्लाको इञ्चार्ज तथा सह–इञ्चार्जको टुंगो लगाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार पार्टी एकीकरणअघि रहेका दुवै पार्टीका जिल्ला इञ्चार्जहरुलाई नै इञ्चार्ज र सह–इञ्चार्ज तोकिएको छ। तत्कालीन एमालेको भागमा परेको जिल्ला इञ्जार्च भएको ठाउँमा तत्कालीन माओवादीका इञ्चार्ज सह–इञ्चार्ज रहनेछन् भने तत्काली माओवादी केन्द्रका नेता इञ्चार्ज रहेको जिल्लामा तत्कालीन एमालेका इञ्चार्ज सह–इञ्चार्ज हुनेछन्। 

जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको नाम आइतबार बेलुकासम्म सार्वजनिक गरिने प्रवक्ता श्रेष्ठले बताए। प्रवक्ता श्रेष्ठले पार्टीका विभागका विषयमा मंगलबार बस्ने बैठकमा हुने छलफलपछि टुंगो लाग्ने जानकारी दिए। 



आइतबार ०५, साउन २०७६ ०४:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal