भोलिदेखि ढुवानी सेवा बन्द गरिने

Yugnepal     1053 पटक पढिएको    

भोलिदेखि ढुवानी सेवा बन्द गरिने

  
काठमाडौं,  मूल्य अभिबृद्धि कर भ्याट र वेब वेस ट्रयाकिङ सिस्टमको विरोधाम ढुवानी व्यवसायीहरूले भोलिदेखि ढुवानी सेवा बन्द गर्ने भएका छन्।

ढुवानी व्यवसायीले भ्याट र ट्रयाकिङ सिस्टम लागू नगर्न माग गर्दै साउन १ देखि सबै सेवाका ढुवानी ठप्प पार्ने निर्णय गरेका छन्। ‘तत्काल भ्याटमा जान सक्ने अवस्था छैन। सरकारले तयारी बिनानै भ्याटमा अनिवार्य गरेकाले आन्दोलन गर्न बाध्य भएका छौैं,’ ढुवानी व्यवसायी संघका अध्ययक्ष हिरालाल श्रेष्ठले भने।

माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनले बताए। आन्दोलनकै कार्यक्रमअन्तर्गत भोलिदेखि ढुवानी सेवा ठप्प पारिने जनाएको छ।

उनीहरूको आन्दोलनलाई नेपाल उद्योग वाणिज्य महासंघले पनि साथ दिएको छ। महासंघ पनि आन्दोलनमा उत्रिएपछि सरकारलाई भ्याट र ट्रयाकिङ सिस्टम लागू गर्न कठिन हुनेछ। महासंघको आइतबारको भेलाले ढुवानी व्यवसायीको आन्दोलनलाई साथ दिने निर्णय गरेको हो।

सरकारले साउन १ गतेदेखि भ्याट र ट्रयाकिङ सिस्टम लागू गर्दैछ।  

 



मङ्गलबार ३१, असार २०७६ ०२:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal