अन्डरपास कि फ्लाईओभार निर्माण गर्नेमै अन्योल

Yugnepal     832 पटक पढिएको    

अन्डरपास कि फ्लाईओभार निर्माण गर्नेमै अन्योल

 
काठमाडौं,  सवारी साधनको अत्याधिक चाप हुने कोटेश्वर–जडिबुटी सडकखण्ड अन्डरपास बनाउने कि फ्लाईओभार निर्माण गर्ने भन्नेमै अन्योल भएको छ। जसले निर्माणको काम अगाडि बढ्न सकेको छैन।

कोटेश्वर, नयाँ बानेश्वर र त्रिपुरेश्वरमा अन्डरपास निर्माण तथा चक्रपथ सुधारका लागि एक अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। तर, कोटेश्वरको अन्डरपास कि फ्लाइओभर भन्ने एकीन नहुँदा अलमल भएको छ। ‘ट्राफिक जाम नियन्त्रणका लागि कोटेश्वर सडकखण्डमा अन्डरपास बनाउने कि फ्लाइओभर निर्माण गर्ने भन्ने विषय दोधारमा छ,’ सडक विभागका सूचना अधिकारी अर्जुन  सुलवालले भने।

कोटेश्वर सडकखण्ड ६ लेनको छ। तैपनि, कोटेश्वरदेखि जडिबुटी हुँदै भक्तपुरको गठ्ठाघरसम्म ट्राफिक जाम हुने गरेको छ। त्यस कम गर्नका लागि छिट्टै निर्माण कार्य अगाडि बढाइने सुलवालले बताए।

सडक विभागले कोटेश्वर खण्डको जामलाई कम गर्न र नियन्त्रण गर्नका लागि भक्तपुरबाट कोटेश्वरको बाटो हुँदै ललितपुर जाने साना सवारीसाधनलाई मनोहरा करिडोर डाईभर्सन प्रयोग गर्न निर्देशन दिएको छ। तर पनि दिनदिनै ट्राफिक जाम बढ्दै गएको छ।

यसका लागि मनोहरा करिडोरको डाईभर्सन दुई महिना अघि सञ्चालनमा ल्याएको  थियो। ‘‘अब हामी डाईभर्सनको मात्र भरपर्ने अवस्था छैन। चाडैनै निर्णय गरेर  निर्माणलाई अगाडि बढाउने तयारीमा छौं,’ उनले भने।

जडिबुटी–पेप्सिकोला–काँडाघारी सडकखण्डमा पनि अत्याधिक ट्राफिक जाम बढेको छ। चौतर्फी सडक भएपनि सानो भएकाले जाम बढ्ने गरेको छ।

त्यता पट्टिको जामलाई नियन्त्रण गर्नका लागि भए पनि अन्डरपास नै उपयुक्त हुने सडक विभागका प्राविधिकहरूको ठम्याइ छ। ‘त्यहाँका सडक र अवस्थालाई हेर्दा अन्डरपास बदाउदा नै उपयुक्त हुने हाम्रो तर्क छ,’ सिलवालले भने।

यसमा विभागले निक्र्यौल गर्न सकेको छैन। जसले गर्दा कोटेश्वर–जडिबुटी खण्डको अन्डरवास वा ओभरफ्लाई निर्माणको काम अघि बढ्न सकेको छैन।



मङ्गलबार ३१, असार २०७६ १२:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal