मंगलबार राती अबेरसम्म बैंकको काउन्टर खोल्न महालेखाको राष्ट्र बैंकलाई पत्र

Yugnepal     791 पटक पढिएको    

मंगलबार राती अबेरसम्म बैंकको काउन्टर खोल्न महालेखाको राष्ट्र बैंकलाई पत्र

काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयले मंगलबार राती अबेरसम्म बैंकको काउन्टर खोल्न राष्ट्र बैंकलाई पत्र लेखेको छ । सोमबार राष्ट्र बैंकको नाममा पत्र लेख्दै अर्थमन्त्रालयले यस अघि नै मंगलबार पुरै दिन बैंकको काउन्टर खोल्न आग्रह गरेको थियो । 

सोमबार फेरि महालेखाले सरकारको खर्चको चेक समेत सम्भव भएसम्म सोही दिन भुक्तानी गर्नुपर्ने भएकोले मंगलबार राती रबेरसम्म बैंकको खाता खोल्न आग्रह गरिएको हो । सो पत्रमा सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरुलाई समेत बोधार्थ दिईएको छ । 

राष्ट्र बैंकका सहायक प्रवक्ता एवं निर्देशक गोविन्द नागेलाले अर्थ मन्त्रालयको राजश्व व्यवस्थापन महाशाखाको पत्र अनुसार असार मसान्तको दिन राजश्व बुझ्ने सबै काउन्टर तथा शाखाहरु खुल्ला राख्न राष्ट्र बैंकले निर्देशन दिईसकेको बताए । यद्यपि राती अबेरसम्म बैंकको शाखा चलाउन महालेखाले पठाएको पत्र भने अहिलेसम्म प्राप्त नभएको बताएका छन् । 



मङ्गलबार ३१, असार २०७६ १०:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal