कांग्रेसका सांसदले बाढीपहिरो पीडितलाई पाँच दिनको तलब दिने

Yugnepal     762 पटक पढिएको    

कांग्रेसका सांसदले बाढीपहिरो पीडितलाई पाँच दिनको तलब दिने

काठमाडौं,  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संघीय संसदमा रहेका सांसदहरुले बाढीपहिरो पीडितहरुका लागि पाँच दिनको पारिश्रमिक दिने भएका छन्। 

अविरल वर्षासँगै आएको बाढीपहिरोबाट पीडित भएकाहरुलाई राहत स्वरुप कांग्रेसका सांसदहरुले पाँच दिनको पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए।

सोमबार विज्ञप्ति जारी गरी खाँणले बाढी पहिरोको विपद व्यवस्थापनका विषयमा छलफल गर्न नचाहनु दुःखद भएको बताएका छन्। उनले कांग्रेसले संसदको अन्य कारबाही स्थगन गरी बाढी पहिरोको विपद व्यवस्थापनबारे छलफल गरियोस् भन्ने प्रस्ताव ल्याउँदासमेत सरकार सकारात्मक नभएको आरोप लगाए। 

‘कांग्रेस सरकारको यस्तो असंवेदनशील, अनुत्तरदायी र असहिष्णुताप्रति देख प्रकट गर्दछ,‘विज्ञप्तिमा भनिएको छ,‘सरकार संसदको सामना गर्न तयार नहुनु दुःखद हो।’

यसअघि संघीय संसद सचिवालयले बाढीपहिरोको कारण देखाउँदै सोमबार बोलाइएको संसद बैठक सूचना टाँस गरेर साउन ८ गतेसम्मका लागि स्थगित गरेको थियो।



सोमबार ३०, असार २०७६ ०६:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal