‘म, यो देशको एउटै मात्र सर्वज्ञाता हो’ भन्ने मान्यता राख्ने व्यक्ति वा पदाधिकारी हुनुहुँदो रहेछ प्रधानमन्त्री केपीशर्मा ओली’ । गएको हप्ता त्रिविविको एउटा कार्यक्रममा प्रधानमन्त्रीको प्रत्यक्ष भाषण सुनेका एक प्राध्यापकको प्रतिकृया हो यो ।
वास्तवमा नै ओलीका काम, शैली र वारम्वार प्रकट हुँदै आएका अभिव्यक्तिलाई एकठाउँमा राखियो भने आफना प्रधानमन्त्रीका बारे प्रायः सबैका मान्यता यस्तै रहेका पाइन्छ । सामाजिक सञ्जाल वा कुनै भेटघाटमा यसका चित्रहरु प्रकट हुन्छन् ।
तर यता सम्भवतः उनी आफुलाई यस्तो सर्वज्ञाताका रुपमा प्रस्तुत गर्दाकै कारण होला उनको दोस्रो कार्यकालको यो डेढ वर्षको यो छोटो अवधीमा नै सवभन्दा वल्ड्याङ खाने प्रधानमन्त्री पनि उनै भए । सरकार निर्णय गर्दै पछि हट्दै वा बोल्दै र माफी माग्दै यतिठूला सृंखला व्यहोर्नु परेका अपवाद बाहेक विगतमा कुनै पनि प्रधानमन्त्री देखिएनन् । कतिसम्म भने उनको आफनै पहिलो कार्यकाल पनि त्यही अपवादमा पर्छ ।
सर्वज्ञाताको एउटा नमूना
असारको अन्तिम हप्ता ९२६ गते० प्रधानमन्त्री ओलीसंग जोडिएर एउटा विषयले निकै चर्चा पायो सामाजिक सञ्जालका भित्तामा । संख्या मै हिसाव गर्दा ती हजार भन्दा बढी थिए होलान । हिलोमा विछ्याइएको रातो कार्पेटमाथिबाट प्रधानमन्त्री ठमठम हिडेको घटना त छँदै थियो त्यसपछि विश्वविद्यालयको ६० औं वार्षिकोत्सवका अवसरमा उनले दिएको मन्तव्य चर्चाको अर्को कारण बन्यो । कार्पेट कस्तो ठाउँमा ओछ्याइदिए त्यो उनको बसको विषय थिएन तर समारोहमा जे बोले त्यसले चाहिँ बौद्धिक वर्गलाई पनि रिंगाइदियो । त्यो क्षणमा उनले आफुलाई हरेक विषयमा जानकारी राख्ने सर्वज्ञाताका रुपमा प्रस्तुत गर्न खोजे तर पर्याप्त ज्ञानको अभावमा उनी उल्टो हास्यको पात्र बने ।
त्रिविको नूतन भवन र मन्दिर उद्घाटन पश्चात् मन्तव्यका लागि मञ्चमा पुगेका उनी एकाएक वेद–वेदाङ्गको पोख्तकारुपमा आफुलाई प्रस्तुत गर्न थाले तर भयो उल्टो । त्यहाँ अल्पज्ञानको नमूना नै प्रकट भयो । उनले धर्म–संस्कृतिको परिचर्चा गर्दैरहँदा गायत्री मन्त्रको रचयितासम्मका कुरा आयो । मन्तव्यका क्रममा प्रधानमन्त्रीले गायत्री मन्त्रको रचनाकार भनी ‘वशिष्ठ ऋषि’ लाइ अघिसारे । यसले सभामा उपस्थित प्राज्ञिकहरुका लागि हाँसोको पात्र जस्तो बनायो ।
हिन्दू धर्मग्रन्थका अनुसार गायत्री मन्त्रका सर्जक विश्वामित्र ऋषि हुन् । कतिपय अवस्थामा यो सामान्यज्ञानमा पनि आउने गरेका कुरा थियो । तर गायत्री मन्त्रको रचनाकारसंग त्यसदिनको समारोह कतैपनि ‘साइनो न सपना’ जस्तो विषय थियो जसमा प्रधानमन्त्री आफुलाई सर्वज्ञाता देखाउन प्रवेश गर्दा यस्तो हालत भएको बुझन सकिन्छ । बुद्धिजीविहरुलाई पहिले पनि प्रधानमन्त्री ओलीले धेरैपटक घोचपेच गरेकाथिए । यो पटकको कुरो सामान्य हो तर प्रधानमन्त्रीको जस्तो अल्पज्ञता प्रकट भयो त्यसले प्राध्यापकलाई खिन्न बनायो ।
गह्रुङ्गा प्रधानमन्त्रीका हलुका काम
ओली आफैं धेरै नै गह्रौं प्रधानमन्त्री हुन । निरंकुश शासन बाहेकको अवस्थामा आफु बाहेक अरु कसैले कतैबाट पनि हल्लाउन नसक्ने प्रधानमनन्त्री अहिलेसम्मको इतिहासमा उनीमात्रै हुन् । मतको हिसावले निर्वाचित अवस्थाको दुइतिहाइको सख्या ०१५ सालमा बीपी कोइरालाको सरकार थियो तर त्यसमाथि राजा तरवार थिए ।
अहिले त्यस्तो केही छैन । संविधानले दुइवर्ष नभै अविश्वासको प्रस्ताव ल्याउन नपाइने व्यवस्था गरेको छ । दुइवर्षपछि त्यस्तो प्रस्ताव आयोभने पनि सरकारसंग दुइतिहाइ छ । तर पनि ओलीको यो सरकार यति हलुका भयो कि जुनसुकै बेला जसले पनि यसलाई हल्लाउने भयो ।
हलुका कतिसम्म भने उनकै मन्त्रीले उनलाइनै गुमराहमा रोखेर काम गरेका विवरण यतिबेला सवैभन्दाबढी चर्चामा रहेको विषय भयो । विषयगत एउटा सचिवले उनलाई ठाडै ढाट्न सक्ने भए । देशमा कुनैपनि विषयका माफियाको यतिठूलो चलखेल यही कार्यकालमा भैरहेको अवस्था छ ।
असारको यो एकमहिनामा सबै माध्यमका प्रमुख समाचार विषादी परीक्षण गर्ने कि नगर्ने भन्नेमा केन्द्रित रहे । बीचमा बाढी पहिरो आयो र अलिकति ध्यान मोडियो होला तर यसको चर्चा सकिएन । यता प्रधानमन्त्री भन्छन –‘म चुल्होलाई विषादी रहित बनाउछु ।’ उता काम चाहिँ विषादी परीक्षण गर्ने आफनो पूर्व निर्णयबाट फिर्ता होइन्छ । यसले प्रधानमन्त्रीको भनाइलाई पत्याउने कि कामलाई भन्ने पश्न त खडा गर्यो नै । यो भनेको प्रधानमन्त्रीले आफना नागरिकलाई जो सुकैले बुझ्ने गरी झुक्याएकै हो ।
झुक्याइयो भन्दै झुक्किँदै
अरु पनि विवरण छन प्रधानमन्त्रीले आफुलाई झुक्याइयो भन्दै काम चाहिँ फेरी आफै झुक्किने गरेका अवस्था र त्यसको उदाहरण । चिनी आयातमा लगाइएको प्रतिवन्धको एउटा घटनामात्रै अध्ययन गरियो भने यो सरकार कति हलुका छ र सरकारलाई नै कसले सञ्चालन गरेको छ भन्ने चित्र सहितको विवरण प्राप्त हुन्छ ।
यतिबेला एउटा उखानजस्तै हुँदै छ जो कोहीले पनि प्रधानमन्त्रीलाई झुक्याउने कुरा । ‘चिनी उद्योगीले झुक्याए’ भन्ने भनाइ प्रधानमन्त्रीका आफनै बोली हुन जो व्यापारिक कारोवारसंग सरकोकार राख्छ ।
गएको दशैका बेला सरकारले जे गर्यो त्यो आफैँमा सरकारले गर्नै नहुने काम थियो । तर सरकारले गर्यो जो आफना नागरिकमाथि अत्याचार नै थियो । चिनी भनेको चाड पर्वमा अत्यधिक उपभोग हुने वस्तु हो । सरकारले बढी मूल्य लिन नहुनेगरी अनुगमन गर्नु पर्नेमा व्यापारीहरुलाई सोझै नाफा हुने दशैँताका बजारमा चिनीको भाउ एक्कासी बढाइ दियो । चाडबाडको मौका छोपेर चिनीको कृत्रिम अभाव सिर्जना गरिएकाले नागरिकको दुखेसो त छँदै थियो । यस्तो महंगो हुनुको कारण वताइयो चिनी आयातमा कडाइ गर्नु । त्यसबेला चिनीको भाउ बढेको बारे सदनमै आवाज उठ्यो । सांसदहरूले सरकारसँग जवाफ माग गरे । सरकारले कुनै जवाफ दिएन । यो काम प्रधानमन्त्रीको अगुवाइमा भएको हुँदा जवाफ दिन आवश्यक ठानिएन ।
यो प्रकरण माफियाहरुबाट रचिएको थियो । विदेशबाट पैठारी भएको चिनी प्रशस्त भण्डारण गरेर व्यापारीहरूले आयात रोक्न प्रधानमन्त्रीको निवास पुगेर हारगुहार गरेका त्यसबेला नै सार्वजनिक भै रह्यो । त्यसको खुलासा यो प्रतिवन्धको सातमहिना पछि अर्थात चैत्रमा प्रधानमन्त्रीले नै गरे । नेपाल उद्योग परिसंघको १६ औं साधारणसभामा बोल्दै ओलीले ‘चिनी उद्योगीले आफूलाई झुक्याएको’ बताए ।
उनका अनुसार ‘पाकिस्तानबाट धेरै चिनी आएर समस्या भयो भनियो । ६३ रुपैयाँमा चिनी बिकेन, ५३–५४ रुपैयाँमा बेच्न बाध्य भयौँ, कहाँ राख्ने भनेपछि चिनी आयात रोक्यौँ, आयात रोकेपछि प्रतिकिलो ८५ रुपैयाँ हुँदै एक सय पाँच रुपैयाँसम्ममा चिनी बिक्री हुन थाल्यो’ प्रधानमन्त्रीले आफूलाई झुक्याइयो भन्दै त्यसबेला विवरण यसरी खुलाएका थिए । यो प्रतिवन्ध भदौमा लागेको थियो । पछि के भयो भने प्रधानमन्त्रीले आफुलाई झुक्याए भनिएको ठाउँमा फेरी प्रधानमन्त्री आफैले नागरिकलाई यही विषयमा फेरी झुक्याएका रहेछन ।
यो एउटा अचम्मकै विषय बन्यो । प्रधानमन्त्रीले आफूलाई झुक्याइयो भनेर सार्वजनिक स्थलबाट त्यस्तो झुक्याउनेहरुको नामै लिएर त्यो कसरी भयो भनी वताइसकेपछि त शतर्कता अपनाउनु पर्ने थियो होला तर भएन । उनले यस्तो खुलासा गरेको १५ दिनपछिनै यही चिनीको आयातमा प्रतिवन्ध लगाइएको समय बढाइयो । प्रधानमन्त्रीले चैत्रमा यस्तो झुक्याइएको कुरा गरे र बैशाखमा प्रधानमन्त्रीकै अग्रसरतामा प्रतिवन्धको म्याद बढाइयो । यतिबेला पनि चिनी आयातमा प्रतिवन्ध नै छ । यसले बोलीमा झुक्क्याए भन्ने र कामले चाहिँ आफनो स्वार्थवस सधै झुक्किरहने अवस्थाको यो एउटा प्रतिकात्मक प्रयोग हुन सक्तछ ।
पहिलोपटक अरुले झुक्याए पनि दोस्रोपटक त उनी आफै झुक्किन तयार भएको यो विवरणले नै वताउँछ । यहाँनेर आम उपभोक्तालाई नोक्सान पारेर व्यापारीलाई फइदा पुर्याउन प्रधामनमन्त्री यसरी झुक्किन तयार भएको अवस्थाको पृष्ठभूमि के होला भनी खोजियो भने अरुकुरा पनि पत्ता लाग्लान ।
आफनै अध्यक्षबाटै झुक्किए
दुई साताअघि प्रधानमन्त्री ओलीले आफनै दल नेपाल कम्युनिष्ट पार्टीका सह–अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग ‘आलोपालो नेतृत्व’ बारे उठेको प्रसंगमा भने, ‘विश्वास गरेर आफूसामु ल्याइएका हरेक कागजमा हस्ताक्षर गर्दा धोका भयो ।’ एउटा प्रधानमन्त्रीबाट कल्पनासम्म गर्न नसकिने अति नै गैरजिम्मेवार अभिव्यक्ति थियो यो । यो जवाफ शासनमा आलोपालोको सन्दर्भमा थियो।
जनताले दिएको मत अनुसारको काम बाँडफाँड गरेर चलाउन राजी भएको कुरा सामान्य होइन । यो जनमतकै पनि अपमान अर्थात आफनो स्वार्थ पुराहुने भए राज्यमाथिनै खेलबाड गर्न सकिने भन्ने कुराको संकेत पनि । मानिएला बहुमत भएपछि जेसुकै गरियोस । कुरा त्यस्तो होइन ।
यदि विश्वासका कारण प्रधानमन्त्रीले कुनै कागजमा हस्ताक्षर गर्छन् भने त्यसको सम्पूर्ण जिम्मेवारी उनले लिनुपर्ने हुन्छ । के कुनै निहित स्वार्थ, बाह्यशक्ति या उनका ‘एजेन्ट’ मार्फत आउने अन्य खतरनाक दस्तावेजमा यो मान्यता, विवेक र मानसिक अवस्थामा रहेका प्रधानमन्त्री भोलि नचुक्लान् भन्न सकिन्न यो पनि प्रधानमन्त्री अनुसार अरुले आफुलाइ धोका दिइयो तर यथार्थमा प्रधानमन्त्रीले आफना मतदातालाई धोका दिइरहेका देखायो विवरणले ।
संसदमा कड्काइ टेलिभिजनमा माफी
यतिबेला धेरै नै चर्चामा छ प्रधानमन्त्रीलीले ‘कुन पत्र रु कहाँको पत्र रु कस्तो पत्र रु कसले पढेको पत्र रु’ भन्दै आफ्नै सांसदहरूलाई संसदीय दलको बैठकमा ढाँटेको विषय । उनले यता यसरी ढाँटिरहेकै बेला भारतीय दूतावासले पठाएको पत्र सामाजिक सञ्जालमा छ्याप्छयाप्ती भैरहेको थियो । यो कुरा जव छोप्ने नसकिने भयो त्यसपछि उनले ओली यहाँ पनि आफू ढाँटिएको भन्ने फर्मूला प्रयोग गरे ।
शनिवार उनले यसरी आफनै सांसदलाइ ढाटे र बुधबार बेलुका नेपाल टेलिभिजनबाट प्रशारण भएको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा माफि मागे । उनले कार्यक्रममा भने, ‘ एउटा कुरामा चाहिँ भुल स्वीकार गर्नुपर्छ । भारतबाट पत्र आएको कुरा साँचो होइन हल्ला हो मैले भनेको थिएँ तर परराष्ट्र, वाणिज्य र कृषि मन्त्रालय यो विषयमा जानकार रहेछन् । मलाई बताइएन । मैले बोलेपछि पनि बताइएन । कूटनीतिक संवादबाट अनभिज्ञ राखियो । मेरो जानकारीमा नभएकोले मैले त्यसो भनेको हुँ । मैले २३ गते बेलुकामात्रै पत्र आएको बारेमा जानकारी पाएँ । त्यसबाट अत्यन्त दुःखी छु ।’
त्यसपछिको अर्को एउटा सार्वजनिक कार्यक्रममा पनि उनले भने
‘भारतबाट पत्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रूपमा बोलेँ । विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु र मलाई जानकारी नदिनुले म लज्जित हुनुपर्यो । यसप्रति म क्षमाप्रार्थी छु ।’
नेपालीमा एउटा उखान छ – ढाँटेको कुरा काटे मिल्दैन । यो ठाउमा प्रधानमन्त्रीको हकमा त्यस्तै भयो । उनी माफीमाग्दै जान्छन तर कसैले पत्याउँदैन । यो पटकको उनको ढँटाइ जानीबुझि एउटा योजना अनुसारको थियो भन्ने विस्तारै प्रकट हुदैछन । कृषिमन्त्रीले नै भनेका छन यो पत्रका बारे मैले नै प्रधानमन्त्रीलाई जानकारी गराएको हूँ ।
यसमा प्रधानमन्त्रीओलीले आफनो संसदीय दलमा सदस्यहरुलाई झुक्याएका थिए भन्ने त प्रष्ट नै भयो र प्रधानमन्त्रीले झुक्याउन खोजेको कुरा टिक्नै सकेन भन्ने पनि ।
ढाँट्ने कुरा संसदमा भएको थियो तर माफी चाहिँ सरकारको ढुकुटीबाट पोषित आफ्नै एउटा कार्यकर्ताद्वारा सञ्चालित टिभी कार्यक्रममार्फत मागियो । जव संसदमा यो पत्रका बारे कुरा उठदा प्रधानमन्त्री टकटकिए । संसदीय दल पनि संसदको एउटा अंग हो । जव प्रधानमन्त्रीले यो कुरालाई लुकाउन अर्थात झुक्याउन सकेनन् त्यसपछि माफीमाग्दा चाहिँ संसदमा पुग्न समेत आवश्यक ठानेनन् । यो बेला संसद चलिरहेको थियो र प्रधानमन्त्रीको कर्तव्य हुने थियो पहिले आफुले संसदमा दिइएको जानकारी झुटो भएपछि सत्य के हो भन्ने संसदमै खुलाउनु पर्नेथ्यो, त्यस्तो भएन । संसद भनेको जनताको सर्वोच्च निकाय मानिन्छ । त्यही संसदबाट छानिएका प्रधानमन्त्रीले यो विषयमा त्यही संसदलाई छल्न खोजे ।
कतिसम्म भने विषादी जाच्ने पूर्व निर्णय उल्टाएर नजाच्ने व्यवस्था गरिएको निर्णयलाई लुकाइयो । सरकारका प्रवक्ताले नै यो निर्णय लुकाए अर्थात नागरिकलाई भुक्याउने काम भयो । सरकराका निर्णय भने प्रवक्ताले २६ असारमा १५ वटा निर्णयको विवरण सुनाएका थिए भने यो विषदी नजाँच्ने निर्णय जो असार १९ मा भएको थियो त्यो चाहिँ कतै उल्लेखमा आएन ।
सचिवले ढाँट्ने प्रधानमन्त्री
काठमाडौंबासीका लागि मेलम्चीको पानी ‘मृगतृष्णा’को विषय थियो प्रधानमन्त्री र उनका सचिवले यसैमा खेलवाड गरे अर्थात एक ठाउँमा प्रधानमन्त्री सचिवबाट ढाँटिए भने अर्को ठाउँमा प्रधानमन्त्रीले जनतालाई ढाँटे । यसरी ढाँटने सचिवलाई सामान्य सोधपुछ समेत नगरिएको अवस्थाले मेलम्ची समयमा नआउँदाको दोष पन्छाउने सन्दर्भमा आएको भन्ने ठाने आमनागरिकले।
अघिल्लो वर्षको फागुनमै ओलीले २०७६ वैशाख १ गतेको नयाँ घामसँगै उपत्यकाबासीको धारामा मेलम्चीको पानी खस्ने घोषणा गरको थिए । उपत्यकाबासीले यसलाई पत्याए पनि । तर यो दिन कटेको दुई महिना वितेपछि प्रधानमन्त्रीले आफुलाई सचिवले ढाँटेको कुरा बाहिर ल्याए । तर यसको यथार्थ थियो सचिवलाई देखाएर प्रधानमन्त्रीले नागरिकलाई ढाँटिएको ।
गत असार ४ गते राष्ट्रिय योजना आयोगअन्तर्गतको ‘राष्ट्रिय विकास समस्या समाधान समिति’को बैठकमा बोल्दै मेलम्ची खानेपानी परियोजनाको बाँकी कामका बारेमा सचिवले ढाँटेको वताएका हुन ।
उनका शव्द –‘अघिल्लो वर्ष नै आउनुपर्ने मेलम्ची ठेकेदारका कारण आएन, मलाई मन्त्रालयका सचिवले झूटो रिपोर्टिङ गर्दा धोका पाएँ । पटक–पटक मेलम्ची आउँछ भन्ने तर नआउने भएपछि मैले नोटबुकमा नै सचिवलाई मेलम्ची आउने मिति लेख्न लगाएँ, तर उनले भनेको मितिमा पानी आएन, उल्टो ठेकेदार नै भाग्यो ।’
त्यसपछि यस्तो जानकारी दिएको केही दिन पछिनै यिनै प्रधानमन्त्रीले तिनै सचिवको परामर्शमा लागतभन्दा पुरै अर्व बढी हुनेगरी ठाडो ठेक्का दिएको कुरा सार्वजनिक भैसेकोछ ।
प्रतिकृया दिनुहोस