खण्डग्रास चन्द्रग्रहण लाग्दै, यस्तो छ योग, कुन ग्रहलाई कस्तो फलदोष

Yugnepal     928 पटक पढिएको    

खण्डग्रास चन्द्रग्रहण लाग्दै, यस्तो छ योग, कुन ग्रहलाई कस्तो फलदोष

काठमाडौं । आषाढशुक्ल पूर्णिमाका दिन मंगलबार असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । 

चन्द्रग्रहण निकै लामो लाग्दैछ । यसको समय २ घण्टा ५९ मिनेटको हुँदैछ । मंगलबार राति १ः४६ बजेदेखि स्पर्श गर्ने चन्द्रग्रहण बुधबार बिहान ४ः४५ बजे मात्र मोक्ष हुनेछ । 

बिहान ३ः१५ बजेको समयमा मध्य हुनेछ । 

ग्रहण राति लागे पनि मंगलबार अपरान्ह ४ः४६ बजेदेखि सुतक लाग्नेछ । 

सुतकका समयमा बाल, वृद्ध, आतुर बाहेक अरुलाई भोजनमा निषेध गरिएको छ । 

ग्रहणका समयमा भने ध्यानजप बाहेक अरु केही गर्न नहुने उल्लेख छ । 

‘निद्रायां जायते व्याधि मुत्रे दारिद्रमाप्युयात् । पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकरः ।।
अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति । बन्धने च भवेत् सर्प बधे नरकं व्रजेत् ।।

कुन राशीलाई कस्तो फलदोष–
मेष– माननाश
वृष– कष्टम्
मिथुन– स्त्रीपीडा
कर्कट– सौख्यम्
सिंह– चिन्ता
कन्या– व्यथा
तुला– श्रीप्राप्ति
वृश्चिक– क्षति
धनु– घात
मकर– व्यय
कुम्भ– लाभ
मीन– सुखम् । स्रोत–तोयानाथ पञ्चाङ्ग
 



सोमबार ३०, असार २०७६ १२:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal