आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्म–जयन्ती भव्यताका साथ अत्तरियामा सम्पन्न

Yugnepal     833 पटक पढिएको    

आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्म–जयन्ती भव्यताका साथ अत्तरियामा सम्पन्न

अत्तरिया स्थित प्रतिभा सामुदायिक पुस्तकालयमा आज आदिकवि भानुभक्तको २०६ औं जन्म जयन्ती भव्यताका साथ मनाइएको छ । पुस्तकालयको सभाकक्षमा आयोजित समारोहको अध्यक्षता पुस्तकालयका वर्तमान अध्यक्ष श्री पुष्पराज जोशी ज्यूले गर्नु भएको थियो । समारोहका प्रमुख अतिथिमा वरिष्ठ साहित्यकार समाजसेवी एवम् नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी,कैलालीका अध्यक्ष पदमराज जोशी प्रभात रहनु भएको थियो भने विशिष्ट अतिथिहरुमा यस क्षेत्रका पूर्व शिक्षक एवम् विद्यालय श्रोत व्यक्ति श्री उमाकान्त जोशी र प्रतिभा सामुदायिक पुस्तकालयका संस्थापक अध्यक्ष कृष्णपनेरु वञ्चित रहनु भएको थियो । संस्थाका वर्तमान उपाध्यक्ष शान्तबहादुर कार्कीको स्वागत मन्तव्यबाट कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा अत्तरिया क्षेत्रका बिधालयबाट आएका विद्यार्थीहरुले आ–आफ्ना गीत,कविता,गजल इत्यादि रचनाहरु प्रस्तुत गरेका थिए भने सुदूरपश्चिम प्रदेशकी प्रख्यात लोक गायिका डिक्रा देवी गाइने ,सु–प्रसिद्ध लोक गायक श्री दीर्घराज फुलाराले गीत गाएर दर्शकहरुलाई मन्त्र मुग्ध पारेका थिए । समारोहमा शिक्षक कुमारप्रसाद निरौला, उमाकान्त रोस्यारा, सरस्वती मा।वि। ओलानीका वर्तमान प्र।अ।विनोद कुमार भट्टराइले भानुभक्तको जीवनी विषयमा प्रकाश पारेका थिए ।

त्यस्तै साहित्यकार निर्मल कुमार भण्डारी, स्थानीय समाजसेवी फणेन्द्र भण्डारी, होम संग्रौला , कैलाश शाही, शिक्षक राजन आचार्य, पूर्व शिक्षक नवराज ओझा ज्यूले पनि आ–आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए । आजको समारोहमा पूर्व विद्यालय निरीक्षक तथा शिक्षक प्रमानन्द बोहरा ,समाजसेवी धनिराम पनेरु, नरेन्द्रराज भट्टराई, भीमबहादुर चन्द, खडकराज जोशी नेपाल भारत मैत्री संघ अत्तरिया इकाईका अध्यक्ष हरिप्रसाद ओझा गोदावरी जेष्ठ नागरिक समाजका अध्यक्ष श्री नन्द सिंह खड्का लगायतका महानुभावहरुको समुपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पुस्तकालयका कार्यसमिति सचिव पदमबहादुर साउँदले गर्नु भएको थियो ।



आइतबार २९, असार २०७६ ०५:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.