कञ्चनपुरमा एनसेल टावरमा आगजनी लिलितपुरको भैंसेपाटी बम विष्फोटः सुरक्षा गार्ड पक्राउ

Yugnepal     1314 पटक पढिएको    

कञ्चनपुरमा एनसेल टावरमा आगजनी लिलितपुरको भैंसेपाटी बम विष्फोटः सुरक्षा गार्ड पक्राउ

  कञ्चनपुरमा   एनसेल टावरमा आगजनी लिलितपुरको भैंसेपाटी बम विष्फोटः सुरक्षा गार्ड पक्राउ 


 भैंसेपाटी बम विष्फोटः  सुरक्षा गार्ड पक्राउ
काठमाडौं । लिलितपुरको भैंसेपाटीमा शुक्रबार साँझ भएको बम विष्फोटमा संलग्न भएको आशंकामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बम विष्फोट भएको एनसेलको कार्यालयका सुरक्षा गार्ड छन् । 

“सीसीटीभी फुटेजमा एक व्यक्तिले पोको बोकेर आएको र उक्त पोको त्यहीँ छोडेर हिँडेको देखिएको छ,” प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले भने, “सेक्युरिटी गार्डले उक्त पोको उठाएर बाहिर निकालेको देखिएको छ । तर उसले प्रहरीलाई खबर गरेको छैन । किन प्रहरीलाई खबर गरेन भन्ने विषयमा उसलाई पक्राउ गरेर अनुसन्धान थालेका छौं ।”


सुवेदीका अनुसार टाइम बम विष्फोट भएको थियो । 

यसैबीच, विष्फोटमा घाइते भएका तीन मध्ये एक जनाको मृत्यु भएको छ । प्रहरी प्रवक्ता सुवेदीका अनुसार मृत्यु हुनेमा लम्जुङ घर भई हाल भैंसेपाटी बस्दै आएका सिंहबहादुर गुरुङ रहेका छन् । मेडिसिटी हस्पिटलमा उपचारका क्रमम उनको आज विहान मृत्यु भएको हो । 

अन्य दुई घाइते प्रतिक्षा खड्का र उषा मानन्धरको उपचार भइरहेको प्रवक्ता सुवेदीदे जानकारी दिए । शुक्रबार साँझ ८ बजे भैंसेपाटीस्थित एनसेलको कार्यालयमा विष्फोट भएको थियो । 

प्रहरीले भूमिगत विप्लव समूहतर्फ अनुसन्धान सुरु गरिएको जनाएको छ । 
    एनसेल टावरमा आगजनी 

 कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा गए राति आगजनी भएको छ । टावरमा लगाइएको घेरबारको गेटको ताला तोडेर भित्र प्रवेश गरी टावरमा आगजनी गरिएको पाइएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । 

    “आगजनीबाट टावरका केबुल र बोर्ड जलेको अवस्थामा रहेको छ”, उहाँले भन्नुभयो, “एनसेल कम्पनीको धनगढीस्थित कार्यालयबाट टावरमा खराबी आएको जानकारी प्राप्त भएपछि तत्काल टावर भएको क्षेत्रमा पुग्दा आगजनी भएको पाइएको छ ।”
 
    टावर रहेको क्षेत्रमा सर्वोच्च अदालतको आदेश नमानेको, सरकारलाई कर नतिरेको र कम्पनीले नाफा आर्जन गरी नेपालमा लगानी नगरेका कारण कारवाही गर्नुपरेको कुरा उल्लेख गरेको पर्चासमेत प्रहरीले फेला पारेको छ । प्रहरीले टावरमा आगजनी गर्नेको खोजीकार्य भइरहेको जनाएको छ । 
 



शनिबार ११, फागुन २०७५ ११:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.