मन्त्री महासेठले कार्यक्रमको भिडियो खिच्न लगाए पत्रकारलाई रोक

Yugnepal     832 पटक पढिएको    

मन्त्री महासेठले कार्यक्रमको भिडियो खिच्न लगाए पत्रकारलाई रोक

  
काठमाडौं,  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई अवरुद्ध काठमाडौं–नुवाकोट सडक सञ्चालनका लागि ज्ञापन पत्र बुझाउन कार्यक्रम तय थियो।

कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिका पदाधिकारीसहितको टोली  मन्त्री महासेठलाई ज्ञापनपत्र बुझाउन आइतबार मन्त्रालय पुगेका थिए।  जब कुराकानी पछि कांग्रेस नुवाकोटको टोलीले मन्त्री महासेठलाई ज्ञापनपत्र बुझाउने तयारी थाल्यो। त्यसपछि समाचार संकलनका लागि मन्त्रालयको हलमा पुगेका पत्रकारहरुले भिडियो खिच्न क्यामेरा तेर्साए। तर, मन्त्री महासेठले भने भिडियो खिच्न पत्रकारलाई रोक लगाए। 

भिडियोका लागि क्यामेरा तेर्साउना साथ मन्त्री महासेठले आक्रामक शैलीमा औंलो ठड्याउँदै भने–क्यामेरा बन्द गर्नुस्।

उनी त्यतिमै रोकिएनन् र, भने– ‘क्यामेरा बन्द गर्नुस्, फोटो लिनुस्, यसरी भिडियो लिन हुन्न।’

कानूनमार्फति मिडियामाथि अकुंश लगाउने प्रयास गरिएको भन्दै सरकारको चर्को आलोचना भइरहेका बेला मन्त्री महासेठले आदेशको शैलीमा आफू सहभागी कार्यक्रमको भिडियो खिच्न रोक लगाएका हुन्।

मन्त्री महासेठले सञ्चारमाध्यमलाई भिडियो लिन हुन्न भने पनि त्यसको कारण भने बताउन चाहेनन्।



आइतबार २९, असार २०७६ ०४:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal