बाढीपहिरोमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, १६ अझै बेपत्ता

Yugnepal     878 पटक पढिएको    

बाढीपहिरोमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, १६ अझै बेपत्ता

काठमाडौं, असार २८ स् गत केही दिनदेखि देशभर परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर अहिलेसम्म ३४ जनाको मृत्यु भएको छ।

प्रहरीबाट प्राप्त पछिल्लो विवरण अनुसार बाढीपहिरोमा परी १६ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन्।

शनिबार साँझसम्मको विवरण अनुसार सबैभन्दा धेरै ललितपुरमा ५ जनाको मृत्यु भएको छ भने भोजपुरमा ४ जना तथा काठमाडौं, मकवानपुर, खोटाङ र काभ्रेमा ३र३ जनाको मृत्यु भएको छ। यसैगरी, धादिङ र सिन्धुलीमा २र२ जना तथा पाल्पा, ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा एकएक गरी जम्मा ३४ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पछिल्लो समय बाढीपहिरोमा फसेका ६४ जनाभन्दा बढीको उद्दार गरिएको छ।

काठमाडौंमा ४२, उदयपुरमा १०, ललितपुरमा तीन, सिन्धुलीमा चार, सिराहमा दुई, भक्तपुर, सुनसरी र मकवानपुरमा एक–एक जना गरी ६४ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

साथै मकवानपुरमा चार, काभ्रेमा दुई तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन एक(एक जना गरी १२ जना घाइते भएको प्रहरीले जनाएको छ।

सिन्धुलीमा चार, भोजपुरमा तीन तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, पर्सा र धादिङ एक(एक जना गरी १८ जना बेपत्ता भएका छन्।

बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण स्थानमा सुरक्षा निकाय  परिचालन गरी उद्धार तथा बेपत्ताको खोजी कार्य जारी प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक थापाले जानकारी दिए।काठमाडौं प्रेस

 



शनिबार २८, असार २०७६ ०९:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal