कोशी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाब

Yugnepal     744 पटक पढिएको    

कोशी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाब

 


काठमाडौं । लगातार परेको पानीले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज अपराह्न २स् ०० बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोशी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए।
 
अहिले ५६ ढोकामध्ये ३६ ढोका खोलिएका छन् । भारतको बिहार जलमग्न भएपछि भारतले ढोका बन्द गर्न दबाब दिइरहेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताए। वर्षा निरन्तर जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ ।
 
यसैबीच आज प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले कोशी ब्यारेज तथा सुनसरीका बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । यस अघि बिहारको सीतामढीमा रहेको बाँध खोल्न नेपालले गरेको आग्रह भारतले मानेको थिएन । जसका कारण सो बाँध नै फुटेको थियो । रासस

 



शनिबार २८, असार २०७६ ०८:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal