काठमाडौंंबाहिर प्रसुतिसम्बन्धी अत्याधुनिक अस्पताल खोल्ने सरकारी योजना

Yugnepal     845 पटक पढिएको    

काठमाडौंंबाहिर प्रसुतिसम्बन्धी अत्याधुनिक अस्पताल खोल्ने सरकारी योजना

 

काठमाडौं,  सरकारले काठमाडौं उपत्यकाबाहिर पनि अत्याधुनिक प्रसुति तथा स्त्री रोग अस्पताल खोल्ने योजना बनाएको छ।

आज राजधानीको थापाथलीस्थित परोपकार प्रसुति अस्पताल भवनको उद्घाटन समारोहमा उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उक्त योजना सार्वजनिक गरेका हुन्।

पुनर्निर्माण गरिएको अस्पताल भवनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सो अस्पतालमा पार्किङको समस्या रहेको उल्लेख गर्र्दै त्यो समाधानका लागि नजिकै रहेको जग्गा उपलब्ध गराईदिने घोषणा गरे। ओलीले अस्पतालको पुनर्निर्माणमा आर्थिक तथा प्राविधिक सहयोग पुर्‍याएको जापान सरकारप्रति पनि आभार व्यक्त गरे।

प्रधानमन्त्री ओलीले स्त्री रोग तथा प्रसुतिको क्षेत्रमा प्रसुति गृहले पु¥याएको सेवाको पनि खुलेर प्रशंशा गरे।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले काठमाडौं बाहिर पनि प्रसुति सम्बन्धि अत्याधुनिक अस्पताल स्थापना गर्ने योजना तय गरिएको जानकारी दिए।

यादवले भने, ‘देशका विभिन्न भागमा रहेका पाँच वटा उपक्षेत्रीय अस्पतालहरुलाई विशिष्ट सेवासहितको अस्पतालको रुपमा विकास गर्ने सरकारले नीति रहेको छ । प्रदेश मातहत रहने ती अस्पतालहरुले सर्वसाधारणको स्वास्थ्य उपचारमा सघाउ पुर्‍याउने छ।’

२०७२ सालमा भूकम्पले भत्काएपछि पुनर्निर्माण गरिएको सो भवनमा चार सय १५ शैयाको व्यवस्था गरिएको छ।



शुक्रबार २७, असार २०७६ ०५:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal