कांग्रेसलाई सरकारको प्रश्न–विप्लवको हिंसाबारे धारणा के होरु कि हिंसा बैध होरु

Yugnepal     694 पटक पढिएको    

कांग्रेसलाई सरकारको प्रश्न–विप्लवको हिंसाबारे धारणा के होरु कि हिंसा बैध होरु


  
काठमाडौं,  सरकारले प्रमुख प्रतिपक्षी दल कांग्रेससँग प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई हेर्ने दृष्टिकोण सार्वजनिक गर्न आग्रह गरेको छ। 

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विप्लव समूहले देशमा मच्याइरहेको हिंसाबारे कांग्रेसको आधिकारिक धारणा मागेका हुन्। 

‘सरकारले विप्लव समूहलाई हिंसा नगर भनिरहेको छ, विप्लवले हिंसा मच्याइरहेका छन्,’ मन्त्री बाँस्काटोले प्रश्न गर्दै भने,‘हिंसा नगर भन्ने सरकार र हिंसा गर्ने विप्लवलाई के कांग्रेसले एउटै नगरले हेरेको होरु’ 

मन्त्री बाँस्कोटाले हिंसा गर्ने विप्लव समूहलाई हेर्ने  दृष्टिकोण चाँडै सार्वजनिक गर्न पनि कांग्रेसलाई आग्रह गरे। ‘हामी स्पष्ट हुनु चाहन्छौं कि विप्लव समूहलाई हेर्ने कांग्रेसको दृष्टिकोण के हो  मन्त्री बाँस्कोटाले भने,‘ विप्लवको हिंसा बन्द हुनु पर्छ कि उनीहरुले गरिरहेको हिंसा बैध हो

उनले हिंसा गर्दै हिड्ने समूहलाई प्रोत्साहन हुने गरी अभिव्यक्ति नदिन पनि आग्रह गरे। ‘हिजो भोजपुरमा प्रहरी पनि मारिएका छन्,’ मन्त्री बाँस्कोटाले भने,‘हिंसा र आतंकलाई प्रोत्साहन गर्दै जाँदा कहाँ पुगिन्छ। विगतलाई सम्झौं।



बिहिबार २६, असार २०७६ ०५:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal