बैंकमा थुप्रियो ३४ अर्बभन्दा बढी रुपैयाँ

Yugnepal     844 पटक पढिएको    

बैंकमा थुप्रियो ३४ अर्बभन्दा बढी रुपैयाँ

 
काठमाडौं,  लगानीयोग्य रकमको अभाव खेपेका बैंकहरूमा असार लागेपछि भने अबौं रकम थुप्रिएको छ।

सरकारले विकास खर्च बढाएसँगै बैंकहरूको निक्षेपमा ३४ अर्ब रुपैयाँभन्दा बढी रकम थुप्रिएको हो। एक सातामै बैंकहरूमा १७ अर्ब रुपैयाँ निक्षेप बढेको हो।

हालसम्म चालु आर्थिक वर्षमा एक खर्ब ८९ अर्ब ६४ करोड रुपैयाँ खर्च भएको छ। जुन लक्ष्यको ५८।९१ प्रतिशत मात्रै हो।

त्यस्तै, चालुतर्फ ६ खर्ब ८५ अर्ब ४८ करोड रुपैयाँ खर्च गरेको छ। जुन लक्ष्यको ८१ प्रतिशत हो।

असार २० गतेसम्म कुल निक्षेप २७ खर्ब ९३ अर्ब रुपैयाँ रहेको थियो भने कुल ऋण लगानी २४ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ।

बैंकहरूको लगानी भने सातामा पाँच अर्ब रुपैयाँले बढेको छ । चालु आर्थिक वर्षमा निक्षेप तीन खर्ब २३ अर्ब रुपैयाँले बढेको छ भने ऋण बिस्तार तीन खर्ब ६५ अर्ब रुपैयाँले बढेको छ।



बिहिबार २६, असार २०७६ ०१:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal