शिवपुरी धाम वालउद्यानको गुरुयोजना तयार

Yugnepal     807 पटक पढिएको    

शिवपुरी धाम वालउद्यानको गुरुयोजना तयार


धनगढी उपमहानगरपालिका–४ मा रहेको शिवपुरी धाम वालउद्यानको गुरुयोजना तथा विस्तृत अध्ययन प्रतिवेदन तयार पारिएको छ । 
    शिवपुरी धाममालाई पर्यटन गन्तव्य बनाउनका लागि शिवपुरी धाम वालउद्यानको गुरुयोजना तथा विस्तृत अध्ययन प्रतिवेदन तयार पारिएको हो । बुधवार एक कार्यक्रमका बीच गुरुयोजना तथा डीपीआर सार्वजनिक गरिएको छ । 
    ड्रिम प्लानर ईन्जीनियरिङ्ग सर्भिसेज अत्तरिया कैलालीले गत जेठ महिना देखि स्थलगत अध्ययन÷अनुगमन गरी गुरुयोजना बनाएको थियो । धनगढी उप–महानगरपालिकामा पटक पटक छलफल र त्यसबाट आएका सुझावहरुलाई समेटेर अन्तिम प्रतिवेदन पेश गरेको उक्त कन्सल्टेन्सीका ईन्जीनियर लोकराज भट्टले बताए । गुरु योजनामा पाकिंङ्ग स्थल, स्वीमिङ पुल, चिल्ड्रेन पार्क लगायतका संरचनाहरु रहेका छन् । सबै संरचना बालमैत्री रहने धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । मन्दिर क्षेत्रको गुरु योजना यस अघि नै निर्माण भैसकेको नगरप्रमुख वडले बताए ।  संरचना निर्माणका लागि भ्याटबाहेक १३ करोड ४८ लाख चार ३५ हजार  बजेट आवश्यक हुने परामर्शदाता भट्टले बताए । यसको क्षेत्रफल १ सय ४७ रोपनी रहने छ । 
 



बुधबार २५, असार २०७६ ०८:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.