राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

Yugnepal     1098 पटक पढिएको    

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

काठमाडौँ, १० फागुन 
 राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । 

नेपालको संविधानको धारा ११३ को उपधारा २० बमोजिम राष्ट्रपतिले ती विधेयक प्रमाणीकरण गर्नुभएको हो । 

राष्ट्रपतिबाट आज राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५, सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ र कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रमाणीकरण भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 
––– 



शुक्रबार १०, फागुन २०७५ ०२:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal