ललितपुरमा जंगली च्याउ खादा १ जनाको मृत्यु

Yugnepal     908 पटक पढिएको    

ललितपुरमा जंगली च्याउ खादा १ जनाको मृत्यु

काठमाण्डौ – जंगली च्याउको तरकारी खाएर लललितपुरमा एक जनाको ज्यान गएको छ । ललितपुरको लामाटारमा जंगलबाट ल्याएको च्याउको तरकारी खाएकी मिरा बयलकोटीको ज्यान गएको हो । च्याउ खाएर अन्य दुई जना बिरामी परेका छन् ।

सोमबार बेलुकी च्याउको तरकारी खाएर बिरामी भएकी महालक्ष्मी नगरपालिका–९ की बयलकोटीको उपचारको क्रममा किष्ट अस्पतालमा मंगलबार बिहान ज्यान गएको प्रहरीले जनाएको छ ।

च्याउको तरकारी खाएर बिरामी भएका बर्दियाका हिक्मत ज्ञवाली र विमल थापाको पाटन अस्पतालमा उपचार भैरहेको छ ।



मङ्गलबार २४, असार २०७६ ०२:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.