चिकित्सकले आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्दै

Yugnepal     803 पटक पढिएको    

चिकित्सकले आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्दै 


काठमाडौं । सरकारी चिकित्सकहरूले शुक्रबार देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पार्दैछन् । 

चिकित्सकहरुले समायोजन प्रक्रियामा असहमति जनाउँदै सेवा ठप्प पार्न लागेको सरकारी चिकित्सक संघ नेपाल गोदानले विज्ञप्ति जारी गरी जनाएको छ । 

सरकारी प्रतिनिधिहरुसंग छलफल गरे पनि कुनै निष्कर्ष ननिस्केपछि आन्दोलनमा होमिनु परेको गोदानले जनाएको छ । 

काठमाडौं उपत्यकाका चिकित्सकहरुले शुक्रबार बिहान १० बजे वीर अस्पतालबाट र्याली निकालेर माइतीघर मण्डलामा पुगी सभा गर्ने भएका हुन् । 

चिकित्सकहरूको आन्दोलनका कारण सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन नहुने भएको छ। 

गोदानको यो आन्दोलनमा नेपाल चिकित्सक संघले पनि ऐक्यवद्धता जनाएको छ । 



शुक्रबार १०, फागुन २०७५ ११:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.