डडेल्धुराबाट विप्लवका दुई कार्यकर्ता पक्राउ

Yugnepal     863 पटक पढिएको    

डडेल्धुराबाट विप्लवका दुई कार्यकर्ता पक्राउ

डडेल्धुरा, असार २३ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्र्ता पक्राउ परेका छन्।

देशैभर विप्लव समूहले आफ्ना गतिविधि बढाइरहेका बेला डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाँउबाट ४० वर्षीय देव भट्टराई र २५ वर्षीय रामदत्त भट्टराई पक्राउ परेका हुन्।

सोमबार बिहान इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक इन्सपेक्टर इश्वरीदत्त पाण्डेयको नेतृत्वमा गएको टोलीले उनीहरुलाई गाँउबाटै नियन्त्रणमा लिन सफल भएको हो।

विशेष सूचनाका आधारमा पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि सोमबार नै जिल्ला प्रहरी कार्यालय डडेल्धुरा पठाइएको प्रहरी निरिक्षक पाण्डेयले बताए।



सोमबार २३, असार २०७६ ०६:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal