काठमाडौं, भारतको उत्तर प्रदेशमा आज बिहान भएको बस दुर्घटनामा २९ जनाको मृत्यु भएको छ। दुर्घटनामा २३ जना गम्भीर घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार, नयाँ दिल्लीबाट उत्तर प्रदेशको लखनउ जान लागेको दुर्घटना भएको हो। बिहान आग्रा पुगेपछि बस खोँचमा खसेको थियो।
दुर्घटनामा परी घाइते भएकाहरूको उद्धार गर्न कठिन भएको थियो। आग्रा जिल्लाका म्याजिस्ट्रेट एनजी रवि कुमारले दुर्घटनामा २९ जनाको घटनास्थलमै मृत्यु भएको बताए।
उनका अनुसार, २३ जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।
प्रहरीका अनुसार, गुडिरहेको बस एकाएक सडकबाट कम्तीमा ५० फिट तल खसेको हो। घटनाको केही समयमै प्रहरी पुगेपनि खोँचबाट उद्धार गर्न समस्या भएकाले धेरैको ज्यान गएको जनाएको छ।
प्रतिकृया दिनुहोस