विषादी परीक्षणबारे माफी माग्दै मन्त्री यादवले भने–मलाई सचिवहरुले डुबाए

Yugnepal     1036 पटक पढिएको    

विषादी परीक्षणबारे माफी माग्दै मन्त्री यादवले भने–मलाई सचिवहरुले डुबाए

काठमाडौं,  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले हचुवाका भरमा भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णयप्रति माफी मागेका छन्। 

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले विषादी परीक्षणको निर्णय गर्दा पूर्वाधार भए नभएको विषयमा आफूलाई सचिवहरुले जानकारी नदिएको आरोप लगाएका हुन्।  उनले भने,‘हामीसँग विषादी परीक्षण गर्ने पूर्वाधार छ वा छैन भन्ने विषयमा निर्णय गर्दा सचिवहरुले जानकारी दिएनन्। यो निर्णय गर्दा मलाई सचिवहरुले डुबाए।’

मन्त्री यादवले प्रधानमन्त्री कार्यालय, कृषि र आफ्नै मन्त्रालयका चार सचिवले निर्णय गर्ने बेला आफूलाई गुमराहमा राखेको पनि गुनासो गरे। मन्त्री यादवले पूर्वाधार भए नभएकोबारे जानकारी नै नलिएर निर्णय गर्नु आफ्नो गम्भीर गल्ती भएको स्वीकारे। 

उनले विषादी परीक्षण गर्ने निर्णयबाट पछि हट्न आफूलाई प्रधामन्त्री वा कसैको दबाब नआएको पनि स्पष्ट पारे। ‘मैले पछि मात्रै पूर्वाधारको विषयमा जानकारी पाए। त्यसपछि त्यो निर्णय आफैले फिर्ता लिएको हुँ,’ मन्त्री यादवले भने,‘कसैको दबाबमा निर्णय फिर्ता लिएको होइन।’



सोमबार २३, असार २०७६ ०४:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal