कोरिया जान पाउने परीक्षार्थीको असार २० देखि सीप परीक्षण

Yugnepal     810 पटक पढिएको    

कोरिया जान पाउने परीक्षार्थीको असार २० देखि सीप परीक्षण

 


काठमाडौं,  कोरियन भाषा परीक्षा उत्तीर्ण भएका परीक्षार्थीको दोस्रो चरणको सीप परीक्षण असार २० गतेदेखि हुने भएको छ।

सीप परीक्षण असार २० देखि २९ गतेसम्म चल्ने ईपीाएस कार्यालयले जनाएको छ। कोरियन भाषा परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीले मात्रै सीप परीक्षामा सहभागी हुन पाउनेछन्।

यो वर्ष कोरियन भाषा परीक्षामा १२ हजार नौ जना उत्तीर्ण भएका छन्। सीप परीक्षणका लागि तोकिएको मितिमा सक्कलै राहदानी र प्रवेशपत्र लिएर ईपीएस कार्यालयमा आउनु पर्ने जनाएको छ।

सीप परीक्षणको नतिजा असोज १३  गते प्रकाशित गरिनेछ।

सन् २०२० का लागि परीक्षामा ८४ हजार दुई सय १५ जना सहभागी थिए। जसमध्ये १२ हजार नौ उत्तीर्ण भएका हुन्।



बुधबार १८, असार २०७६ ०५:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal