दलित किशोरीमाथि घरधनीको दूराचार, सुनाएमा मारिदिने धम्की

Yugnepal     762 पटक पढिएको    

दलित किशोरीमाथि घरधनीको दूराचार, सुनाएमा मारिदिने धम्की

 

झापा । झापाको मेचीनगर नगरपालिका–९ मा अभिभावकसँगै भाडामा बस्दै आएकी १७ वर्षीया दलित किशोरीले आफूलाई घरधनीले  त्रासमा पारी एक वर्षदेखि शारीरिक शोषण गर्दै आएको भनी  कानूनी कारवाहीका लागि प्रहरीमा उजुरी दिएकी छन् ।
    
पीडित किशोरीको परिवार खड्का थरका स्थानीयवासीको पुरानो घरमा भाडामा बस्दै आएको थियो । घरधनी खड्काले नै शारीरिक शोषण गरेको भनी दोषी किटान गरेर धुलाबारी इलाका प्रहरी कार्यालयमा गत असार २ गते पीडितले उजुरी दिएको उक्त कार्यालयका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए।

अभियुक्त खड्काले असार २ गते साँझ पछिल्लो पटक बलात्कार गरेपछि मेचीनगर–१० स्थित आम्दा अस्पताल नजिकै ती किशोरीलाई  सडकमा अलपत्र छाडेका थिए ।

स्थानीयवासीले पीडित किशोरीलाई रुँदै सडकमा बसिरहेको अवस्थामा फेला पारेर प्रहरीलाई बुझाएका थिए । अभियुक्त फरार भएकाले खोजतलास तीव्र पारिएको प्रहरी निरीक्षक ठाकुरले बताए ।

 पीडित किशोरीले आफूलाई पटकपटक शारीरिक शोषण गरेपछि खड्काले कतै सुनाएमा मारिदिने धम्की दिँदै आएको बताएकी छन् ।



मङ्गलबार १७, असार २०७६ ०२:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal