भारी वर्षाले पर्खाल ढलेर १९ जनाको मृत्यु, स्कुल–कलेज र कार्यालय बन्द स्पाइस जेटविमान ठूलो दुर्घटनाबाट बच्यो

Yugnepal     666 पटक पढिएको    

भारी वर्षाले पर्खाल ढलेर १९ जनाको मृत्यु, स्कुल–कलेज र कार्यालय बन्द स्पाइस जेटविमान ठूलो दुर्घटनाबाट बच्यो

 

काठमाडौं । भारतको मुम्बईमा पछिल्लो पाँच दिनदेखि निरन्तर वर्षा भइरहँदा जनजीवन अस्तव्यस्त बनेको छ । दुई दिनमा ५४ सेन्टिमिटर बर्षा भएको मौसम विभागले जनाएको छ । 

मंगलबार पनि भारी वर्षा हुने अलर्ट विभागले जारी गरे पनि सरकारले मंगलबार सबै सरकारी तथा निजी स्कुल कलेज तथा अफिस बन्द राख्ने निर्णय गरेको छ । 

थुप्रै क्षेत्रमा पाँचदेखि छ फिटसम्म पानी जमेको छ । मुम्बई एयरपोर्टमा स्पाइस जेटको विमान चिप्लिएको थियो । 

तर यात्रुहरु भने सुरक्षित रहेको जनाइएको छ । 

यता, मलाड इस्टको पिम्परिपाडामा पर्खाल ढलेर १३ जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । 

महाराष्ट्र सरकारले मलाड घटनाका मृतकका परिवारलाई पाँच लाख भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । 

यता, पुणेमा ६ जनाको मृत्यु भएको छ । अम्बेगाउँस्थित सिंघड कलेजको पर्खाल ढलेर ६ जनाको मृत्यु भएको छ । 

मौसम विभागले मध्यप्रदेशसहित छत्तीसगढ, महाराष्ट्र, गुजरात, झारखण्ड, उत्तर प्रदेश, अरुणाचल, असम र बंगालमा आगामी दुई दिनसम्म भारी वर्षा हुने भन्दै अलर्ट जारी गरेको छ । 



मङ्गलबार १७, असार २०७६ ०१:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal