धनगढीको फुलबारीमा कपडा पसलमा आगलागी, ६ लाखको क्षती

Yugnepal     845 पटक पढिएको    

धनगढीको फुलबारीमा कपडा पसलमा आगलागी, ६ लाखको क्षती

धनगढीको फुलबारीमा कपडा पसलमा आगलागी, ६ लाखको क्षती


धनगढी उपमहानगरपालिका वडा नम्बर १४ को फुलबारी स्थित डिपो बजारमा रहेको एक कपडा पसलमा आगलागी भएको छ। डिपो बजारमा रहेको आरसी ओझा शपिङ सेन्टरमा आज बिहान विद्युत सर्ट भएर आगलागी हुँदा ६ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले  आज बिहान पौने ८ बजेको समयमा विद्युत सर्ट भएर पसलमा रहेका फेन्सी समानहरु जलेर अन्दाजी ६ लाख बराबरको क्षती भएको जानकारी दिए। उनले स्थानीयको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको जानकारी दिए। समाचार दिनेश खबर अनलाइन बाट
 



मङ्गलबार १७, असार २०७६ ०१:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal