चितवन राष्ट्रिय निकुञ्जभित्र असार २१ गतेदेखि जिप नचल्ने भएको छ ।

Yugnepal     781 पटक पढिएको    

चितवन राष्ट्रिय निकुञ्जभित्र असार २१ गतेदेखि जिप नचल्ने भएको छ ।

 

पर्यटकलाई निकुञ्ज घुमाउन प्रयोग गरिने जिप वर्षात् शुरु भएसँगै बन्द गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए । उनले बाटो हिलो र खाल्डाखुल्डीसँगै झाडी बढेकाले जिप सञ्चालनमा रोक लगाउन लागिएको हो भने ।

निकुञ्जभित्र घुम्नका लागि सौराहाबाट ३२, कसराबाट १५, भिम्लेबाट १५ र अमलटारी क्षेत्रबाट सात वटा जिप निकुञ्जमा छिर्ने गर्दछन् । ती जिपमा पर्यटक राखेर निकुञ्जको भित्री भाग घुमाउने गरिन्छ ।

निकुञ्ज प्रवेशबापत एउटा जिपले एकपटकमा रु पाँच हजार राजस्व तिर्ने गर्दछन् भने प्रतिव्यक्ति नेपालीले रु १५०, सार्क मुलुकका पर्यटकले रु एक हजार र विदेशीले रु दुई हजार राजस्व बुझाउने गर्दछन् ।

ढकालले दशैँ अगाडि भित्री सडक मर्मत गरी जिप सञ्चालनको अनुमति दिइने जानकारी दिए। निकुञ्जको मुख्य आम्दानीमा पर्यटकको राजस्व पर्ने गर्दछ ।

यस वर्ष जेठसम्ममा रु २७ करोड राजस्व सङ्कलन भइसकेको छ । हरेक वर्ष दुई लाख हाराहारी पर्यटक निकुञ्ज घुम्न आउने गर्दछन् ।



सोमबार १६, असार २०७६ ०३:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal