डोटीस्थित सेती नदीमा बगेर फेरि एकजना बेपत्ता

Yugnepal     982 पटक पढिएको    

डोटीस्थित सेती नदीमा बगेर फेरि एकजना बेपत्ता

 

डोटी,। डोटीस्थित सेती नदीमा बगेर एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दीपायल सिलगढी नगरपालिका–७ कुण्जेडीगाउँका अन्दाजी ३५ वर्षीय चक्रबहादुर कुण्जेडा रहेका छन्।

दीपायल सिलगढी नगरपालिका–५ सेती नदी पुल नजिकैबाट उनी बगेको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए। सोमबार १२ः३४ बजेको समयमा उनलाई सेती नदीले बगाएको हो ।

प्रहरीका अनुसार सेती नदिमा छिमेकीको मलामी आएका बेला उनलाई सेतीले बगाएको हो । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय लडागडाको टोलीले उनको खोजीकार्य सुरु गरेको डीएसपी धामीले बताए । यो आर्थिक वर्षको हालसम्म सेती नदीमा बगेर मर्ने र बेपत्ता हुनेको संख्या ९ पुगेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।



सोमबार १६, असार २०७६ ०२:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal