सेतीमा पौडी खेल्दा डुबेर बालकको मृत्यु

Yugnepal     843 पटक पढिएको    

सेतीमा पौडी खेल्दा डुबेर बालकको मृत्यु

 

पोखरा, असार १५  कास्कीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ। तनहुँसँग सीमा जोडिएको पोखरा महानगरपालिका–३३ तल्लो पुडिटारस्थित सेती नदीको किरानमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा शनिबार साँझ डुबेर बालकको मृत्यु भएको हो।

तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकका ११ वर्षीय निञ्चल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए।

केही दिनयता कोत्रेस्थित सानीआमाको घरमा बस्दै आएका उनी साथीसँग पौडी खेल्न गएका थिए। तीन साथी मिलेर पोखरीमा पौडी खेल्ने क्रममा डुबेपछि उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

बालकको शव डाँडाकोनाक प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र गोताखोरले टोलीले राति पोखरीबाट निकालेको छ।



आइतबार १५, असार २०७६ १२:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal