स्थानीय तहमा छाया सरकारको भूमिका निर्वाह गर्न पाटी सभापतिको निर्देशन

राजनिति

Yugnepal     1310 पटक पढिएको    

स्थानीय तहमा छाया सरकारको भूमिका निर्वाह गर्न पाटी सभापतिको निर्देशन

धनगढी फागुन ८

नेपाली काङ्ग्रेस कैलाली क्षेत्र ४ को तेस्रो क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै नेपाली काङ्ग्रेस कैलालीका पार्टी सभापति नरनारायण  शाह मनु ले कैलाली क्षेत्र न।४ नेपाली काङ्ग्रेसको संगठन सबैभन्दा बलियो क्षेत्र भएर पनि नेपाली काङ्ग्रेस कम्जोर देखा पर्नुको मुख्य कारण  कार्यकर्ता पार्टीमुखी नभई नभई नेतामुखि  भएको बताउनु भयो । कार्यकर्ता नेतामुखी बन्ने हैन, पार्टीमुखी बन्नु पर्छ१ पार्टीको नीति नियमको पालना गर्दै संगठनलाई मजबुत बनाउनु पर्ने बताउनु भयो ।  पार्टी मजबुत हुन सबैभन्दा बढी गाउँ र  वडाहरुबाट कृयाशिल रहनु पर्ने बताउनु भयो । स्थानीय तहमा छाया सरकारको भूमिका निर्वाह गर्न स्थानीय तहको निर्वाचनमा चुनाव लडने नेता , कार्यकर्ताले अहम भुमिका निर्वाह गर्नु पर्ने बताउनु भएको थियो । बिगतका गल्ती कमजोरीलाई सच्चाउदै नयाँ ढंगबाट अघि बढ्न सबैलाई आग्रह गर्नु भएको छ ।शाहले हरेक तह र तप्कामा भएका भ्रष्टाचार , बिकृतीहरुको निर्मुल पार्न सबै लाग्न आग्रह गर्नु भएको छ ।  
बिशिस्ट अतिथि नेपाली काङ्ग्रेसका कैलाली जिल्ला पुर्ब पार्टी सभापति एवं बन तथा भु( संरक्षण राज्य मन्त्री दिर्घराज भाटले पार्टी एक ढिक्का बढेर अघि बढ्नु पर्ने बताउनु भयो वहाँले आफु पार्टीको सिपाही भएकाले पार्टीका लागि हर हमेशा लागि पर्ने बताउनु भयो । नेपाली काङ्ग्रेसका पुर्ब केन्द्रिय सदस्य सुनिल कुमार भण्डारीले सबैलाई पार्टीमा एक भएर लाग्न आग्रह गर्नु भयो । आफू पनि पार्टीले  खटाएको जुनसुकै कार्यका लागि आफू पछि नहिड्ने बताउनु भयो  ।  अर्का बिशिस्ट अतिथि  पुर्ब सांसद हिरादत्त भट्ट बिगतको समीक्षा गर्दै बर्तमानमा अघि बढ्नु पर्ने बताउनु भयो । नेपाली काङ्ग्रेस क्षेत्र न।४ का सभापति दिनेशराज जोशी को सभापतित्वमा भएको क्षेत्रीय सम्मेलनमा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडलाई सम्मानित गरिएको थियो । धनगढी उपमहानगर  प्रमुखलाई देशभरिका नगरमा उत्कृष्ट नगर उपाधी प्राप्त गर्नु भएकोमा उपमहानगर प्रमुख वडलाई सम्मानित गरिएको थियोे ।                        महासमिति सदस्य टेकराज जोशी,खडक सिंह बडैला, शारदा के।सि। , पदमराज भट्ट , रामचन्द्र भट्ट , जनजातिका तर्फबाट कैलाली क्षेत्र न।४ का प्रदेश क का उम्मेदवार  यज्ञराज चौधरी , जिल्ला सदस्य बसन्त रोकाय ललित , गोदावरी नगर सभापति हेमप्रकाश उप्रेती ,चुरे सभापति टिकाराम ढुंगाना,  गोदावरी गाउँ शाखा बाट झंकर सिंह खडका, महिला बाट जानकी पाठक, वडा अध्यक्षबाट गुड्डु शाही ,दलित तर्फबाट दलित संघका क्षेत्रीय सभापति धन बहादुर बि।क। लगायतले मन्तव्य राख्नु भएको थियो । 
नेपाली काङ्ग्रेसका क्षेत्रीय उपसभापति खेम साउँदले स्वागत मन्तव्य गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन डम्मर पालीले गर्नु भएको थियो ।



बुधबार ०८, फागुन २०७५ ११:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal