युवतीलाई कुटपिट गर्ने ‘धर्ती माता’ बालाजुबाट पक्राउ

Yugnepal     863 पटक पढिएको    

युवतीलाई कुटपिट गर्ने ‘धर्ती माता’ बालाजुबाट पक्राउ

 

काठमाडौं,  भद्रकाली मन्दिरमा युवतीलाई अभद्र व्यवहार गर्दै कुटपिट गर्ने ‘धर्ती माता’ बालाजुबाट पक्राउ परेकी छन्।

आज बिहान काठमाडौं प्रहरी परिसरको टोलीले ‘धर्ती माता’ नामले चर्चित बिष्णु कुँवरलाई पक्राउ गरेको हो।

उनले केही दिन अघि भद्रकालीमा एक युवतीलाई कुटपिट गरेकी थिइन्। उनले युवतीलाई त्यहाँबाट निस्क भन्दै कुटपिट गरेकी थिइन्।

उनले कुटपिट गरेको भिडियो सार्वजनिक सञ्जालमा भाइरल भएको थियो। उनले कुटपिट गर्दा प्रहरी अधिकारी पनि त्यही थिए। कसैले पनि रोक्न खोजेको देखिएको थिएन्।

भिडियो सार्वजनिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले उनको खोजी सुरू गरेको थियो। हिजोसम्म उनको मोबाइलमा सम्पर्क भएपनि भेटिएकी थिइनन्।

आज बिहान बालाजुमा रहेको सूचना पाएपछि काठमाडौं प्रहरी परिसरको टोली त्यहाँ पुगेको थियो। उनलाई प्रकाउ गरेर परिसरमै राखिएको छ।

बुटवलमा बस्दै आएकी उनी केही दिन अघि मात्रै काठमाडौं आएकी थिइन्। उनी आफूलाई तन्त्रमन्त्रको ज्ञान भएको बताउदै आएकी छन्।

उनले आफ्नो नाम ‘धर्ती माता’ राखेकी छन्।



शुक्रबार १३, असार २०७६ ०१:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.