तीन दशकपछि बुडर–जोगबुढा सडक कालोपत्रे हुँदै

Yugnepal     935 पटक पढिएको    

तीन दशकपछि बुडर–जोगबुढा सडक कालोपत्रे हुँदै

 

डडेल्धुरा,  । डडेल्धुराको बुडर(जोगबुढा सडक निर्माण शुरु भएको तीन दशकपछि कालोपत्रे लगायतको काम सुरु भएको छ।

डोटी बुडरदेखि डडेल्धुराको भित्रि मधेशमा पर्ने जोगबुढासम्मको ३० किलो मिटर सडकमा कालोपत्रेको काम थालिएको हो। पूर्वाधार विकास कार्यालय डडेल्धुराको करिब ५२ करोड रुपैयाँको लागतमा सडक कालोपत्रे गर्ने काम थालिएको हो।

हाल सडकको चौडा गर्ने र पर्खाल लगाउने काम भइरहेको निर्माण कम्पनीले जनाएको छ। सिएसटी प्रविधिमा सडक कालोपत्रे भइरहेको छ।

सडक कालोपत्रे भएपछि भित्री मधेशका आलिताल गाउँपालिका र परशुराम नगरपालिकाका साथै भागेश्वर गाउँपालिकाकाको वडा नम्बर १ र २ का केही गाउँका स्थानीय लाभान्वित हुने परशुराम नगरपालिका प्रमुख भीमबहादुर साउदले बताए।

खोलामा पुल निर्माण नहुँदा वर्षातको समयमा यात्रुलाई केही असजिलो हुने भएकाले पुल निर्माण गर्नका लागि पहल गरिरहेको उनको भनाइ थियो।

जिल्लाकै आधा जनसंख्या रहेको भित्री मधेश क्षेत्रको प्रमुख सडकका रुपमा रहेको यो सडक कालोपत्रे भएपछि बाह्रै महिना सहजरूपमा यातायात सञ्चालन हुने आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङको भनाइ छ। स्थानीय उत्पादनलाई सहजरूपमा अन्यन्त्र पठाउन पनि सहज हुने स्थानीयको भनाइ छ।



बिहिबार १२, असार २०७६ ०१:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal