बैतडी, ।भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध शुक्रवार खोलिने भएको छ ।
एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतवाट प्राप्त पत्रअनुसार असार १३ गते राती १२ बजेदेखि असार १४ गते बेलुका साढे ६ बजेसम्म सिफ्ट फ्लशिंग सरसफाईको कार्य हुने भएकोले त्यसपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकोले सतर्क रहन आग्रह गरिएको हो ।
सिफ्ट फ्लशिंगको लागी बाँधको ढोका खोलिए पश्चात महाकाली नदी पानीको सतह बढी हुने भएकोले तटिय क्षेत्रमा जोखीम बढ्ने भएकोले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो ।
महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गर्दै जिल्ला प्रसासन कार्यालयले एक सुचना समेत प्रकासन गरेको छ । बाँध १४ गते बेलुकासम्म खोलिने भएकोले भएपनि १५ गते बेलुकासम्म तटीय क्षेत्रमा बासीन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न समेत प्रमुख जिल्ला अधिकारीले आग्रह गर्नुभएको छ ।
परियोजनाले बाधँमा पानीको मात्रा बढ्ने भएकोले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ । यसका साथै दार्चुलादेखी बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततीर बग्ने महाकालीमा पानीको बहाब र सतह बढ्नसक्ने भएका कारण उक्त क्षेत्रका नागरिकलाई पनि नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न समेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।
२८० मेगावाट बिद्युत क्षमताको धौलीगंगा परियोजनाको बाधँ खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पुर्व सुचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ । वि स २०७० सालमा धौलीगंगाकै बाँधका कारण दार्चुला सरमुकाममा अर्बौको क्षती गरेको थियो ।
प्रतिकृया दिनुहोस