थुनुवा बोकेको गाडी दुर्घटनामा दुई थुनुवाको मृत्यु, ६ प्रहरीसहित ८ घाइते

Yugnepal     928 पटक पढिएको    

थुनुवा बोकेको गाडी दुर्घटनामा दुई थुनुवाको मृत्यु, ६ प्रहरीसहित ८ घाइते

 

रौतहट । बालचनपुरमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले थुनुवा बोकेको गाडी दुर्घटना हुँदा दुई थुनुवाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले म्याद थप गर्न लग्दै गरेको थुनुवा बोकेको गाडी दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट जिल्ला अदालत गौरमा थुनुवालाई म्याद थपका लागि लिएर जाँदै गरेको गाडी दुर्घटना भएको हो । 

दुर्घटनामा छ प्रहरीसहित आठ जना घाइते भएका छन् । गम्भीर घाइते रौतहट चन्द्रपुर नगरपालिका–६ का निर्मल साह र सुनसरी इनरुवा नगरपालिका–९ का रमेशकुमार चौधरीको उपचारका क्रममा नारायणी अस्पताल वीरगञ्जमा मृत्यु भएको प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए । 



बुधबार ११, असार २०७६ १०:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.