वीपी स्मृतिभवनको शिलान्यास

Yugnepal     2935 पटक पढिएको    

वीपी स्मृतिभवनको शिलान्यास


धनगढी, ९असार ।धनगढीमा निर्माण हुने वीपी स्मृति सामुदायिक भवनको सुदूरपश्चिमप्रदेश सभा सदस्य डिल्लीराज पन्तले एक कार्याक्रम काबीचशिलान्यास गरेका छन् ।
धनगढीउपमहानगरपालिको वडा नम्बर १ को लक्ष्मीनगरमानिर्माण गर्न लागिएको सो भवनको प्रदेश सभा सदस्यपन्तले सोमबार शिलान्यास गरेकाहुन् । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तरगतनिर्माण हुने वीपी स्मृति सामुदायिकभवन बहुउद्देश्यहुनेछ । 
प्रदेश सभा सदस्यपन्तले भवननिर्माणका लागिआफ्नो निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरगत चालु आर्थिक वर्षमा ४० लाख बजेट छुट्याएका छन् । पन्त कैलालीनिर्वाचन क्षेत्र नम्बर ५ (१) बाट नेपालीकाँग्रेसबाट निर्वाचितभएकाहुन् । 
निर्माणा धिनभवनको शिलान्यास गर्दै प्रदेश सभा सदस्यपन्तले नेपालको ऐतिहासिक ब्यक्तित्व महामान ववीपी कोइरालाको नामबाट भवनबनाउनकालागिआफूले केहि बजेट छुट्याउनपाउँदाखुशीलागेको बताए । 
उनले भवन सामुदायिक र बहुउद्देश्यीयहुने भएकोले सबैले आआफनो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउँदै आउँदो आर्थिक वर्षमापनिआफूले भवननिर्माणका लागिआर्थिक सहयोग गर्ने बताए ।
भवन शिलान्यास कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृप ओडले भवन निर्माणका लागि नगरपालिका बाट सक्दो सहयोग गर्ने बताउँदै भवन निर्माणमा गुणस्तर लगायतअन्य कुरामा विशेष ध्यानदिननिर्माण पक्षलाई आग्रह गरे । 
अहिले निर्माण हुनलागेको भवनकालागियसअघि वीपी स्मृति केन्द्रकानाममा धनगढीका समाजसेवी स्व. अर्जुनप्रसाद सिटौलाले निशुल्करुपमाडेढ कट्टाजग्गाउपलब्ध गराएकाथिए । 
निर्माणाधिन भवनको नक्साबनाउने लगायतकाकामसकेर जगखन्ने र सोलिङ गर्ने कामभइरहेको वीपी स्मृति केन्द्रकाअध्यक्षमनमोहन स्वाँरले बताए । स्थानीयउपभोक्तामार्फत निर्माण हुनलागेको यो भवनको भुइँतलामात्रै झण्डै दुई हजार चार सय बर्गस्क्वायर फिट रहेको छ भने भवनचारतले हुने अध्यक्ष स्वाँरले जानकारी दिए ।
 



सोमबार ०९, असार २०७६ ०७:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.